Sidha Patra मंगलबार, आश्विन ०१, २०८१

सल्यान । बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ्गबाट लुहाम बजार आउँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा भएको हो ।

त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र ५२ वर्षीय लाली रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।घाइते भएका साहुको गएराती सल्यान जिल्ला अस्पताल र रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार अन्य घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घाइते तीनै जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक खत्रीको भनाई रहेको छ । सडक बिग्रेकाले जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेको जिप सडकदेखि २५ मिटर तल खसेको थियो ।

त्यस्तै उक्त जिप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका- ३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]