
Ssb
Ksb
Ksb
Csb
Fmb
Tgp
Usb
Nsb
Gsb
Bsn
jsb
Ksb
Ssb
Rsb
Ppu
Rks

Ssb
Usb
Gsb
Tsb
Hl1

Rgu
Nps
ptl
दाङ । देउखुरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा लमहीले नया समिती चयन गरेको छ ।
केन्द्रको जखेरामा सम्पन्न १० औँ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशनले किरण बिक्रम शाहको नेतृत्वमा नया समिती सर्बसहमतीबाट चयन गरेको हो ।
अध्यक्ष शाह दोस्रो कार्यकालका लागि पुन: चयन भएका हुन । जसको उपाध्यक्ष गोमा बस्नेत, सचिब सितादेबी चौधरी, सहसचिब निरञ्जन सिँह ठकुरी, कोषाध्यक्ष दिपा खत्री, सदस्यहरुमा कृष्ण कुमार थापा,हरिबहादुर थापा,हल्लु प्रसाद चौधरी, उमाकान्त चौधरी,गोपाल शाही,लोकादेबी भुषाल, कल्पना पछांई,शुबर्ण शाह,दुखहरण यादब,भानुदेब जोशी, युवराज गिरी र तेज बहादुर नेपाली निर्बिरोध चयन भएका हुन् ।
देउखुरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा लमहीका अध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालको प्रमुख आतिथ्यता एबम् लमही नगरपालिकाका प्रबक्ता तथा ७ नम्बरका वडाध्यक्ष मोहन गिरी र ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख भवानी प्रसाद धमलाको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी लमहीका प्रमुख प्रकाश भुषालले समाजमा शान्ती सुरक्षा कायम गर्न सामुदायिक सेवा केन्द्रको भुमिका पनि उत्तिकै रहेको बताए । प्रहरीसँगको सहकार्यमा सामुदायिक सेवा प्रतिनिधि भएर समाजमा हुने बिकृती बिसंगतीलाई अन्त्य गर्न सहज हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथी लमही नगरका प्रबक्ता तथा ७ नम्बरका वडाध्यक्ष मोहन गिरीले चेतना मुलक कार्यक्रम टोलटोलमा पुराउन सके प्रभाबकारी हुने बताए । समाज सुधारउन्मुख कार्यक्रमहरुको लागि केन्द्रले बाटो पहिल्याउनुपर्ने र जसका लागि लमहीका प्रत्यक वडा कार्यालयले बजेट बिनियोजन गर्नसक्ने बताए । केन्द्रको भवन निर्माणका लागि बर्षौ बित्दापनि टुङ्गो नलागेको गुणासो प्रती नगरका प्रबक्ता गिरीले यथासिघ्र पहल थालिने बताउँदै फराकिलो कार्यालय निर्माणका लागि समेत आफू लागिपर्ने बताए ।
संस्थाकि उपाध्यक्ष गोमा बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषाल, सँस्थाका पुर्ब अध्यक्ष योगमाया शाही, लमही खानेपानी उपभोक्ता तथा सरसफाई सँस्थाका अध्यक्ष जंग बहादुर चौधरी, ईप्रका अमिलियाका प्रमुख भवानी प्रसाद धमला लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाकि सचिब सीता चौधरीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकि थिईन भने कोषाध्यक्ष दिपा खत्रीले आर्थिकबर्ष २०८०/०८१ को ५ लाख १४ हजार ७४ रुपैयाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकि थिईन । कार्यक्रममा केन्द्रको हरेक गतिबिधीलाई समाचार मुलक सामाग्री प्रकाशन तथा प्रशारण गरेको भन्दै गोरक्ष राष्ट्रिय दैनिक घोराही, रेडियो साझा आवाज गढवा र रेडियो हाईबे लमहीलाई कदरपत्रले सम्मान गरेको थियो ।
त्यस्तै केन्द्रलाई उचाईमा पुराउन उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी हवल्दार बिमला भट्टराईपनि सम्मानित भएकि हुन । उनिसँगै सधै केन्द्रलाई सहयोग गर्ने लमही नगरपालिकाका वडाध्यक्षहरु दामोदर पौडेल, नेपालु चौधरी, मनोज कुमार चौधरी, सुवास न्यौपाने, ओमप्रसाद सुवेदी, श्यामनारायण चौधरी, मोहन गिरी, उमेश कुमार खड्का, भेषबहादुर केसी, केन्द्रको पुर्ब अध्यक्षहरु लिला शाह, पुष्पराज अधिकारी र योगमाया शाहीलाई सम्मानपत्र हस्तान्त्रण गरिएको थियो ।
यस्तै संस्थालाई सदैब साथ दिईरहने लमहीका युवा ब्यबसायीहरु कमल जँग सिँह ठकुरी र भरत बहादुर सुनारलाई कदरपत्रले सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सह-सचिब निरञ्जन सिँह ठकुरीले गरेका थिए ।
