सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख आइतबार, भाद्र ३०, २०८१

बाँके । नेपालगन्ज सहरमा दुर्घटना हुन नदिन ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले मापसे चेकजाँच,सवारी चेकजाँच,यात्रु क्षमता चेकजाँच लगायतमा विशेष ध्यान दिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका ट्राफिक प्रमुख कमल खड्काले जानकारी दिएका छन् ।

दुर्घटना सँगसँगै विभिन्न चाडपर्वको समयमा सवारीसाधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्ने वातावरण तयार पार्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ सुरु गरिएको उनले बताए । सो क्रममा लामो दूरीका सवारीसाधनलाई लक्षित गर्दै बाँके जिल्लामा भित्रिने तथा बाहिरिने सवारी साधनमाथि विशेष चेकजाँच बढाइएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले चाडपर्वको अवसरमा जिल्लाका धेरैजसो स्थानमा नियमित चेकजाँच,मापसे चेकजाँच,छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था चेकजाँच गर्ने, यात्रुले अपनाउनु पर्ने सुरक्षा सावधानीबारे समेत जानकारी गराउने काम भएको ट्राफिक प्रमुख खड्काले जानकारी दिए ।

त्यस्तै ट्राफिक प्रहरीले लामो दूरीका सवारीसाधनलाई मात्रै नभई छोटो दूरीका सवारीसाधनलाई समेत जाँच गर्न थालेको छ । दुर्घटना न्यूनीकरण गर्न दैनिक रूपमा मापसे चेकजाँच लगायत ट्राफिक प्रहरी सचेतना कक्षा दिँदै आइरहेको पनि खड्काले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]