Sidha Patra शनिबार, भाद्र २९, २०८१

वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजिकरण गर्ने भएकाले सवारी साधनलाई काम विहिन बनाएर नराख्न निर्देशन दिए ।‘कसरी हुन्छ ति सवारी साधन चलाउनुस । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’उनले भने,‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी काम विहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’

लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ति सवारी साधन नियमित सञ्चालनमा छैनन् । विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पुर्‍याउने उद्देश्य थियो । एसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यि सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]