
Gsbg-3
Msbg-2
ksbl-7
Gsbr-6
Usbl-7
Pbu
Csbg-7
jsbr-3
Rksr-7
Jsbg-7


दाङ । लागुऔषध ब्राउनसुगर सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्र रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
लमही नगरपालिका वडा नम्बर -५,रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय २० मिलिग्राम सहित मंगलबार बिहान वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
