
Pes
Djs
Gfs
Unsku
cjs
Rgp
Ggp
Srbpu
Pbu
Lnp
Sgr
pku
sbs
Rgp1

Rsb
Gst
Vor
Ksm
Asm
Ggd
Hal
Wsp
Ssm
Pvg
Bbbpu
Sbs
Rgu
Rgu
Sls
Rgs
Bbu
Tsm
nsb

Rpp
Ptm
Bml
Pls
Mks
Jmb
Abd
Rmb
Jmb
sab
bbt
Syp
Gsb
दाङ । नेपाली काङ्ग्रेस निकट थारु संघको वडा समिति धमाधम गठन गरिँदै छ ।
देशैभर थारु संघको वडा,नगर, क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रिय समिति गठन गर्ने निर्णय अनुरुप दाङ क्षेत्र नम्बर १ मा पनि धमाधम समिति गठन गरिदैँ छ । लमही नगरपालिका अन्तरगतका वडाहरुमा वडा समिति गठन गर्ने र क्रमश नगर,क्षेत्र,जिल्ला गठन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका महासमिति सदस्य मोहन गिरीले बताए । अहिले लमही नगरका वडाहरुमा समिति गठन भईरहेका छन ।
लमही नगरपालिका वडा नम्बर ७ मा हनुमान चौधरीको नेतृत्वमा थारु संघ वडा समिति गठन गरिएको छ । सचिबमा प्रबिण चौधरी, उपसभापतीमा पुष्पा चौधरी,कोषाध्यक्षमा उर्मिला चौधरी,सदस्यहरुमा निर्मला चौधरी, सीता चौधरी, कलशपती चौधरी,बिष्णु चौधरी,रामप्रसाद चौधरी, ईन्द्र बहादुर चौधरी,अर्जुन चौधरी,श्रिचरण चौधरी, बालकृष्ण चौधरी, मनिराम चौधरी र अम्मरराज चौधरी निर्बिरोध चयन भएका छन ।
नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ७ ले आईतबार बैठक तथा छलफलको आयोजना गरि थारु संघ वडा समिती गठन गरिनुका साथै नगर र क्षेत्रमा क-कसलाई पठाउने भनी नामपनि टुँगो लगाएको छ । बैठकले थारु संघको क्षेत्रिय प्रतिनिधीको रुपमा महाबिर चौधरी, कृष्णराज चौधरी, मन्साराम चौधरी, प्रमिला चौधरी र पानमोती चौधरीको नाम टुंगो लगाएको हो ।
त्यस्तै लमही नगर समितीमा अम्मर बहादुर चौधरी, मोतिलाल चौधरी,अनुप चौधरी,बिष्णु चौधरी र छोट्कनिहा चौधरीलाई पठाउने गरि निर्णय गरेको छ । नेपाली काङ्ग्रेस लमही नगर वडा नम्बर ७ का वडा सभापति शालिकराम चौधरीको सभापतित्व तथा महासमिती सदस्य मोहन गिरीको प्रमुख आतिथ्यमा बैठक भएको हो ।
बैठकलाई सम्बोधन गर्दै गिरीले काङ्ग्रेसलाई मजबुत बनाउन सबै भातृ तथा शुभेच्छुक सँस्थाहरु गतिसिल हुनुपर्ने बताए । काङ्ग्रेसको जग भनेकै भातृ संस्थाहरु भएकोले जगलाई नै बलियो बनाउदै एकआपसमा सामिप्यता सहितको एकता आबस्यक रहेको बताए । गिरीले नबगठित समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै काँधमा काँध राखेर समग्र पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
