
Fmb
Ksb
Ssb
Usb
Csb
Ksb
jsb
Ppu
Ksb
Rks
Nsb
Tgp
Ssb
Gsb
Bsn
Rsb

Ssb
Hl1
Tsb
Gsb
Usb

Rgu
Nps
ptl
काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताका छन् ।
मंगलबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको मन्त्री लेखकले बताए । ‘बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार उठाउने काम भइरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘द्वन्द्वका बेला बन्द भएका भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको छ।’ उनले भारततर्फ भन्सार कार्यालय नभएकाले चुनौती भएपनि छोटी भन्सार सञ्चालन गर्नका लागि प्रयास गरिरहेको समेत बताए ।
त्यस्तै ‘जुन ठाउँमा भन्सारको कार्यालय छ, जग्गा छ ती छोटी भन्सारलाई सञ्चालन गरौँ भनेको छु’, उनले भने, ‘यहाँमात्रै नभई द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय सञ्चालनका लागि लागिरहेका छौँ।’ मन्त्री लेखकले देशमा स्थायी सरकार निर्माणगरी सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउँदै एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गन आग्रह गरे ।
यस्तै ‘तीन/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो समीकरण बनेको हो,’ लेखकले भने, ‘मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ ।’ उनले देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास रहेको स्मरण गर्दै स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने मन्त्री लेखकले बताए ।
