
Sds
Pbu
Gisld
Mbdvs
Rbs
mbd

Wsp
Rgu
Asm
Pvg
Hal
Rgu
nsb
Sls
Sbs
Gst
Rsb
Ggd
Vor
Ksm
Tsm
Rgs
Bbu
Ssm
Bbbpu

Pls
Mks
bbt
Gsb
Bml
Jmb
Syp
Ptm
Rpp
Rmb
Jmb
Abd
sab
दाङ । सहकारी प्रशिक्षालय बाँके नेपालगन्जको आर्थिक बर्ष २०७७ र २०७८ को स्वकृत बार्षिक कार्यक्रम अनुसार निर्बित्त सेवा समाज दाङको सभाहलमा मंगलबारदेखि कोपोमिस तालिम संचालन भएको छ ।
जिल्ला अन्तरगतका सहकारीमा कार्यरत कर्मचारीहरुको कार्य क्षमता वृद्धि गर्ने उदेश्यले कोपोमिस तालिम संचालन गरिएको सहकारी प्रशिक्षालय नेपालगन्जका निमित्त प्राचार्य दिल कुमार वलीले बताउनु भयो । उद्घाटन समारोहमा बोल्दै सहकारी संघ दाङका जिल्ला अध्यक्ष गोबिन्दप्रसाद शर्माले यस पटक दाङमै तालिम पाउनु आफैमा महत्त्वपूर्ण रहेको बताउनु भएको छ । प्राविधिबाट सहकारीलाई अगाडि बढाउने हो भन्दै सम्पुर्ण प्रशिक्षार्थिलाइ ध्यान पुर्ण तालिममा सहभागी भइ यस अबसरको फाइदा लिन समेत अनुरोध गर्नु भयो ।
उक्त तालिममा दाङ जिल्ला अन्तरगतका २७ वटा सहकारीहरुले सहभागी जनाएका छन् । निमित्त प्राचार्य दिल कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्द प्रसाद शर्माको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश सहकारी संघका सचिब रुपबहादुर खत्रीको विशिष्ट आतिथ्यता सो तालिम उद्घाटन भएको थियो । बिश्व लाल खड्काको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको सहजीकरण सहकारीका प्रशिक्षक प्रसाराम भुसालले गर्नु भएको थियो ।
