
Rgp
Unsku
Rgp1
Sgr
Ggp
sbs
pku
Gfs
Djs
Pbu
cjs
Srbpu
Pes
Lnp

Tsm
Vor
Hal
Asm
Ssm
Sls
Rsb
Ksm
Sbs
Rgs
nsb
Gst
Pvg
Bbbpu
Rgu
Ggd
Wsp
Rgu
Bbu

sab
Rmb
Jmb
Mks
Pls
bbt
Bml
Gsb
Syp
Ptm
Rpp
Jmb
Abd
बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताएका छन् ।
नेकपा एमाले बर्दिया जिल्ला कमिटीले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने,जनप्रतिनिधी र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य,समन्वय हुन जरुरी रहेको धारणा राखेका हुन् ।
त्यस्तै ‘जनतासँग संवाद गरेर सरकारको नीतिहरू र योजनाबारे जानकारी दिने काम पार्टीपंक्तिको हुन जान्छ’एमाले केन्द्रिय सदस्य समेत रहेका आचार्यले भने,‘जनताका समस्याहरू बुझ्न र समाधान गर्ने प्रयासमा सरकारलाई सहयोग समेत गर्नुपर्दछ ।’
मुख्यमन्त्री आचार्यले सरकारले गरेका राम्रा अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न निर्देशन दिएका छन् । साथै उनले सरकारले बनाएका नीति र योजना सुधारका लागि सुझाव दिन समेत आह्वान गरेका छन् ।
यस्तै सरकारले निर्माण गरेका नवितम विचार र सोंचलाई नागरिक तहमा पुर्याउन, सरकारी सेवामा नागरिकहरुको पहुँच बढाउन पार्टीपंक्ति बाट समेत भूमिका खेल्न आग्रह गरे । लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको स्पष्ट पारेका छन् । पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहितको दायरा भित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने विषय सुशासनसंग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको बताए । प्रदेश सरकार गठन भएको छोटो अवधनीमानै उपलब्धीहरु देखिएको तर, यसको प्रचारप्रसार हुन नसक्दा नागरिकहरुमा निरासा बढेको जस्तो देखिएको टिप्पणी गरे ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा बहुआयामिक गरिबीको दर ३० प्रतिशत रहेकोमा हाल १८ प्रतिशतमा झरेको, बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर ८ प्रतिशत पुगेको, ५ वर्ष मुनिको बाल मृत्युदर प्रति हजार ४५ रहेकोमा हाल ३३ र नवजात शिशु मृत्युदर प्रति हजार ३० रहेकोमा हाल २१ मा सीमित भएको जानकारी दिए । माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ७५ प्रतिशतबाट बढेर ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको, प्रदेश ऐन बमोजिम लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भई सञ्चालन भइरहेको जानकारी दिए ।
त्यस्तै बाह्रै महिना सिंचित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको, लुम्बिनी प्रदेश माछामासु र दुध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको, कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको समेत जानकारी दिए । २०७५ सालमा सडकको लम्बाई ११ हजार २३३ किलोमिटर रहेकोमा हाल १५ हजार ७६ पुगेको, ३० मिनेटको दुरीमा पक्की सडकमा पहुँच भएको जनसंख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको, १०९ मध्ये १०८ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जानकारी दिए ।
यस्तै विद्युतमा पहुँच पुगेको जनसंख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको, इन्टरनेटमा पहुँच भएको घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगे समेत प्रशिक्षणको क्रममा जानकारी दिएका छन् । योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै गएको र महिला सहभागिता र सशक्तीकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख मुख्यमन्त्री आचार्यले गरेका छन् ।
