
Rgp
Dbs
Sgp
Dus
ksb
Jns
Lks
Rgp
Pbu
Rgp
Ggp
Usb
lnp
Rgp
Asb
Ggp
Lnp


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सहायक निरिक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेकपा एमाले लमही नगर कमिटीका सचिव भानु जोशीकी श्रीमती तथा नेकपा एमाले राजपुर गाउँपालिका कमिटीका अध्यक्ष हेमकुमार जिसीकी बहिनी ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानमा कार्यरत प्रहरी सहायक निरीक्षक शिवाकुमारी जिसी(जोशी)को निधन प्रति मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । श्रद्धाञ्जली व्यक्त गर्न मुख्यमन्त्री आचार्य जिसीको घर लमही नगरपालिका–५ लमही पुगेका थिए ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समेत दिवंगत शिवाकुमारी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । जिसीको साउन २५ गते उपचारको क्रममा काठमाण्डौंमा निधन भएको थियो । ड्यूटीमा खटिएको क्रममा बिरामी भइ उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लागी काठमाण्डौं लगिएको थियो । उच्च रक्तचापका कारण जिसीको निधन भएको थियो ।
