
cjs
Rgp1
Djs
pku
Pes
Rgp
Ggp
sbs
Srbpu
Sgr
Gfs
Pbu
Unsku
Lnp

Gst
Vor
Wsp
Rsb
Rgu
Sbs
Bbbpu
Pvg
nsb
Ksm
Hal
Ggd
Asm
Ssm
Rgu
Tsm
Rgs
Sls
Bbu

Pls
Abd
Jmb
Ptm
Jmb
bbt
Mks
Rpp
Rmb
Gsb
Bml
sab
Syp
काठमाडौं । कर्णाली प्रदेशको सरकारमा नेपाली काङ्ग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा काङ्ग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यस्तै काङ्ग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह,सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् ।
यस्तै नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । काङ्ग्रेसले गत शुक्रवार नै आफ्ना तर्फबाट मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । तर मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेपछि त्यस दिन मन्त्रीहरूको नियुक्ति र शपथ हुन सकेको थिएन । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ काङ्ग्रेसले पाएको छ ।
काङ्ग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् । नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।
