
Mbdvs
mbd
Pbu
Rbs
Gisld
Sds

Bbu
Wsp
Pvg
Bbbpu
Asm
Rgs
Tsm
Gst
nsb
Ssm
Sbs
Hal
Sls
Rsb
Ggd
Rgu
Vor
Ksm
Rgu

sab
Gsb
Ptm
Abd
Jmb
Syp
Rpp
Jmb
bbt
Mks
Bml
Rmb
Pls
जनकपुरधाम । सर्लाहीको हरिवनमा आगलगी हुँदा करिब ५० लाख रुपैँया बराबरको क्षति भएको छ । गएराति सर्लाहीको हरिवन नगरपालिका वडा नं. ११ स्थित बजारमा कठघेराहरु खडा गरी सञ्चालनमा रहेको किराना र कपडा पसलमा आगलगी हुँदा ५० लाख रुपैँया बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनु भयो ।
स्थानिय मनोज साहको किनारा र कपडा पसल, मदन साह, तेज प्रसाद डुङगेल र रबि दासको संगै जोडिएको किनारा पसलमा अचानक आगलागी भएको थियो । आगलगीबाट ४ वटा कठघेराहरु र सामानहरु जलेर नष्ट भएको छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय र दमकलको सहयोगमा करिब पौने तीनबजे नियन्त्रणमा आएको थियो । आगलगी के कारणले भएको त्यो अहिले नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
