
Rbs
Gisld
Pbu
mbd
Mbdvs
Sds

Gst
Ssm
Bbbpu
Rsb
Sbs
Ksm
Hal
Rgs
Tsm
Ggd
Rgu
Pvg
Wsp
Asm
Sls
Bbu
nsb
Rgu
Vor

bbt
Rpp
Rmb
Jmb
Syp
Jmb
Ptm
Pls
Gsb
Mks
Bml
Abd
sab
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एक अर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । र,भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।
त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेको घोषणा गर्नु भएको छ । आचार्यसँगै ईन्द्र आङ्बो, जीवन घिमिरे, विजयकुमार विश्वास, सावित्राकुमार रेग्मी,उपेन्ऽ घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्ऽ शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठलाई निलम्बन घोषणा गरिएको छ ।
यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाउनु भएको छ भने आइतबार राईविरुद्ध ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता भएको थियो । राईले भने अविश्वासको प्रस्ताव दर्ता गरेकोमा स्पष्टीकरण सोधनु भएको थियो । जवाफ पेश नगरेकाले राईले काटेको पत्रमा भनिएको छ, नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ । साथै संसदीय दलको सदस्य निलम्बन गरिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’
