
cjs
Pbu
Sgr
Rgp1
Lnp
Gfs
Rgp
sbs
Pes
Srbpu
Unsku
Djs
Ggp
pku

Ggd
Bbu
Sls
nsb
Tsm
Rgs
Rgu
Hal
Sbs
Rgu
Ssm
Rsb
Ksm
Wsp
Vor
Gst
Pvg
Bbbpu
Asm

sab
Rpp
bbt
Rmb
Pls
Ptm
Syp
Jmb
Gsb
Mks
Abd
Jmb
Bml
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।
त्यस्तै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । कामचलाउ भएर एकछिन पनि बस्न नसक्ने बताउँदै उनले कांग्रेस–एमालेलाई नयाँ सरकार छिटो बनाउन आह्वान गरे । महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् ।
यस्तै दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । यसअघि कांग्रेस र एमालेबीच मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेको थिएन ।
त्यस्तै महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दावी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले बताए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।
महराले भने– बजेट कार्यान्वयन होस्:
मुख्यमन्त्री महराले सम्बोधनको क्रममा आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै सभामुख, मन्त्रिपरिषद सदस्य, सांसद, कर्मचारी लगायतप्रति आभार प्रकट गरे । आफूले मन्त्रि परिषदका सदस्यहरुलाई पूर्ण विश्वास गरेको र मन्त्रीहरुले पनि विश्वास डगमगाउन नदिएको उनले बताए ।
त्यस्तै सबैको सुझावको आधारमा बजेट ल्याएको भन्दै उनले बजेट कार्यान्वयन गर्न पनि सुझाव दिए । ‘योजनाहरु काट्ने, रकमहरु घटाउने स्थिति नआओस्, ठूला दलहरु आएपछि यस्तै हुनेरहेछ भनेर सदनमा बोल्न नपरोस्,’ उनले भने । कामबाटै सम्बन्ध अझ गाढा हुने उनले विश्वास व्यक्त गरेका छन् ।अनलाइनखबर
