
Pes
sbs
Rgp
Srbpu
Rgp1
Djs
cjs
Gfs
Unsku
pku
Sgr
Pbu
Ggp
Lnp

Pvg
Ggd
Rgs
Rgu
Wsp
Gst
Vor
Tsm
Sls
Sbs
Ksm
nsb
Asm
Rgu
Bbbpu
Rsb
Bbu
Hal
Ssm

Jmb
Ptm
Rmb
Pls
Mks
Bml
Gsb
sab
Rpp
bbt
Syp
Abd
Jmb
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
त्यस्तै २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।
यसैगरी उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी,रास्वपा र राप्रपा लगायतका दलहरु रहेका छन् ।
