
Unsku
cjs
sbs
Lnp
Gfs
Djs
Pbu
Sgr
Ggp
Srbpu
Rgp1
Pes
pku
Rgp

Rgu
Bbbpu
Tsm
Ggd
Sbs
Vor
Asm
Rgu
Pvg
Wsp
Ssm
Ksm
Gst
Rgs
Hal
nsb
Bbu
Sls
Rsb

Syp
Rmb
Jmb
Rpp
Abd
sab
Gsb
Mks
Ptm
Pls
bbt
Bml
Jmb
दाङ । नेकपा एमाले लमही नगर कमिटीले स्थानीय सरकार सञ्चालन गर्ने नैतिक आधार गुमिसकेको गम्भिर आरोप लगाएको छ ।
नागरिकले अनुभूति हुनेगरी स्थानीय सरकार सञ्चालन गर्न नसक्दा सरकार सञ्चालनको नैतिक आधार गुमाईसकेको आरोप लगाएको हो । असार १० गते भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेपनि लमही नगरपालिकाले सो महिना भित्र पनि बजेट पास गर्न नसक्नु, आर्थिक ऐन पारित नहुँदा वडाबाट हुने सिफारिस तथा राजश्व संकलनको काम समेत ठप्प भएको भन्दै नेकपा एमाले लमही नगर कमिटीले नगर प्रमुख जोगराज चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमाले लमहीका संयोजक रतनकुमार केसी, प्रदेश कमिटी सदस्य तथा निवर्तमान नगर प्रमुख कुलबहादुर केसी, मिना गुरुङ, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी शर्मा लगायतको टोलीले नगर प्रमुख चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
‘नगरपालिका भित्र धेरै वेथितिहरु भए । हामी बाध्य भएर बोल्ने बेला आयो । त्यही भएर सुधारको लागी ध्यानाकर्षण पत्र बुझायौं’एमाले लमहीका नगर संयोजक रतनकुमार केसीले भने,‘आग्रह पूर्वाग्रह त्यागी नागरिक प्रति उत्तरदायी बन्न र एउटा असल, कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दछौं ।’ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा निवर्तमान नगर प्रमुख कुलबहादुर केसीले नगरवासीहरु प्रति जवाफदेही हुनेगरी काम हुन नसकेको बताए । ‘जसरी काम हुनुपर्ने थियो, त्यसरी हुन सकेन । विवादहरु हुन्छन् तर, समाधानको लागी पहल प्रमुखले लिनैपर्छ’उनले भने,‘चुप लागेर बसेर समस्या समाधान हुदैन । पहल गर्नैपर्छ, निकास निकाल्नै पर्छ ।’
स्थानिय सरकारले आर्थिक वर्षको अन्तिम महिना असार १० गते भित्र बजेट प्रस्तूत गर्न्पर्ने र सोही महिनाको २५ गते नगर सभामा प्रस्तुत गरी पारित गर्नु पर्नेमा नगरपालिकाका जनप्रतिनिधिहरु गैर जिम्मेवार बन्दा आर्थिक ऐन समेत पारित नहुँदा नागरिकहरुले दैनिक पाउनु पर्ने विभिन्न खालका सिफारिस प्राप्त गर्न नसक्दा सबै कामहरु ठप्प भएको प्रति ध्यानाकर्षण गराइएको छ ।
यसका साथै केही वडाका अध्यक्षहरु नागरिकहरु प्रति अनुत्तरदायी बनी भ्रमणमा गएको, नगर प्रमुख र उपप्रमखले आवश्यक भूमिका निर्वाह गर्न नसकेको, यसरी नगर प्रमुख र उप–प्रमख बेखबर रहने र नागरिकहरुले सास्ती खेपिरहनुपर्ने अवस्थाको अन्त्य गर्दै नेतृत्व उत्तरदायी बनेर छिटो समस्या समाधान गर्न माग राखिएको छ । ध्यानाकर्षण पत्रमा नगरको शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका कामको बारेमा समेत उल्लेख गरिएको छ ।
लमही अस्पतालमा औषधी खरिद प्रक्रिया खुला टेन्डरबाट नगरी आर्थिक अनियमितता हुने गरी कोटेशनमा खरिद गर्ने गरेको र जसका कारणले सःशुल्क तथा नि:शल्क औषधी आम नागरिक तथा विमित नागरिकले पाउन नसकेको, बजारमा महंगो मुल्यमा औषधी खरिद गर्न बाध्यता रहेको भन्दै समस्या समाधान गर्न माग राखिएको छ ।
वड़ा नं. १ सुनडवरी र वडा नं. ९ असिलियामा बर्थिड सेन्टर स्थापना गरेको तर, उक्त सेन्टरहरुमा आवश्यक जनशक्तिको व्यवस्थापन नभएको, संरचनाहरु अलपत्र रहेको भन्दै वर्थिङ सेन्टर सञ्चालनको माग राखिएको छ । नयाँ व्यवसायीहरूको दर्ता प्रक्रिया अगाडी बढाउन नसकेको र व्यवसायीहरुको नवीकरणमा कनैचासो नदेखाएको भन्दै ध्यानाकर्षण गराइएको छ । घाटगद्धी गरिएको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा संकलनको स्टक प्रमाणिकरण गर्दा करोडौं रुपैयाँ राजश्व संकलन हुने तथ्य जानकारी हुदा हुदै पनि राजश्व संकलनमा कुनै चासो नदेखाएको, घर नक्सा पास प्रक्रियालाई अगाडी नबढाएको आरोप लगार्एको छ ।
त्यस्तै विपतमा परेका नागरिकहरूलाई राहत दिन सर्बदलिय, सर्वपाक्षिय संयन्त्र बनाई विपत व्यवस्थापन समिति गठन गर्नुपर्ने भएपनि नगरेको, उपभोतक्ता समिति र निर्माण व्यवसायीले गरेका कामहरुमा भुक्तानी नदिने तर, कोटेशनबाट गरिएकाकामहरुमा भुक्तानी दिने गरिएको उल्लेख छ । उपभोक्ता समिति र निर्माण व्यवसाय मारमा परेको भन्दै रोकिएको भुक्तानी दिन माग राखिएको छ । एसईईको परीक्षफलमा कतिपय सामुदायिक विद्यालयहरुमा शत प्रतिशत नतिजा शुन्य रहेको भन्दै नतिजा सुधारगर्न अभिभावकत्व भूमिका निर्वाह गर्न नसकेको, नगर शिक्षा समितिलाई कार्यविधि बमोजिम व्यवस्थित गर्न माग राखिएको छ । अविरल वर्षाले लमही न.पा. १ र २ वडा जोड्ने कल्भर्ट भासिएको तर, सो मर्मत गर्न नगरपालिकाले ध्यान नदिएको ध्यानाकर्षण पत्रमा उल्लेख रहेको छ ।
