
Djs
Pbu
Sgr
Srbpu
sbs
cjs
Rgp
Pes
Unsku
Lnp
pku
Ggp
Rgp1
Gfs

Ssm
Rsb
Vor
nsb
Rgu
Bbu
Rgu
Tsm
Pvg
Sls
Wsp
Bbbpu
Asm
Sbs
Ksm
Hal
Ggd
Gst
Rgs

Pls
Ptm
Rmb
sab
Jmb
Gsb
Mks
Bml
Jmb
Abd
Rpp
Syp
bbt
वीरगन्ज । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् ।
त्यस्तै मुख्यमन्त्री सिंहले भने, ‘प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठन गरेको पत्र बुझाइसकेको छु, ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरिएको छ । अब केही बेरमा प्रदेश प्रमुखको कार्यालयबाट त्यो पत्र सार्वजनिक हुनेछ ।’
केन्द्रमा नयाँ समीकरण बनेपछि उक्त समीकरण अनुसार प्रदेशबाट माओवादी,एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् ।
यस्तै माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेलीलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् । मुख्यमन्त्री सिंहले नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई आज बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरूमा आजै कांग्रेस र लोसपालाई दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ भने लोसपाको अहिलेसम्म टुङ्गो लागेको छैन ।
त्यस्तै स्रोतका अनुसार लोसपाले २ वटा मन्त्रालय मागिरहेको छ । तर मुख्यमन्त्रीज्यूले एउटा लिएर सरकारमा सहभागी हुन अनुरोध गरिरहेको बताइएको छ । त्यसकारण भागबन्डामा सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ । यसैबिच मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्दा बर्खास्त गरिएका दलहरूलाई धन्यावाद ज्ञापन गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा बर्खास्तको पत्र बुझाउनु अघि एक पत्रकार सम्मेलन गरी अहिलेसम्म सरकारमा सहभागी भएका ४ वटै दललाई धन्यवाद ज्ञापन गरेका हुन् । पत्रकार सम्मेलनमार्फत उनले भने, ‘अहिलेसम्म मलाई सबैलाई सहयोग गर्नु भएको छ, त्यसमा कुनै शङ्का छैन । तर राजनीतिक परिस्थितिका कारण समीकरण परिवर्तन गर्नु परेको छ । त्यही कारण यो अवस्था सृजना भएको हो मुख्यमन्त्री सिंहले भने ।’
