
Sgr
Unsku
Rgp
pku
Ggp
Srbpu
Lnp
Pbu
Rgp1

Ksm
Rgu
Bbbpu
Rgu
Ggd
Asm
Gst
Sbs
Wsp
Bbu
Pvg
nsb
Ssm
Rsb
Sls
Rgs
Hal
Vor
Tsm

Rpp
Abd
bbt
Rmb
Gsb
Ptm
Syp
Bml
Jmb
Jmb
sab
Mks
Pls
काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा र शनिश्चरेबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको हो ।
बीआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो । त्यस्तै असार १८ गते सोही गुल्मले करिब १० किलो २ सय ३० ग्राम चरेससहित भारत घर बताउने अन्दाजी २१ वर्षीय भरत साह र १८ वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै बीआर ०५ बीई ०७६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले मोटरसाइकलको हेल्मेट र सिटमुनि लुकाई ल्याउँदै गरेको अवस्थामा चरेस फेला परेको हो । नियन्त्रणमा लिइएकाहरूलाई बरामद रुपैयाँ, चरेस र मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
