
Srbpu
Ggp
pku
Rgp1
Unsku
Rgp
Sgr
Lnp
Pbu

Ssm
Sbs
Rgs
Tsm
Rgu
Ggd
Hal
Wsp
nsb
Rgu
Asm
Vor
Pvg
Bbbpu
Sls
Gst
Ksm
Bbu
Rsb

Ptm
Mks
Jmb
Gsb
Syp
Abd
Rmb
Pls
Jmb
sab
Bml
bbt
Rpp
दाङ । देउखुरीको राप्ती नदीमा आएको बाढीले एक जनालाई बगाएकाे छ । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित राप्ती नदीकाे बाढीमा फसेका मध्ये दुई जनाकाे सकुशल उद्घार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा बेपत्ता भएका छन् ।
राजपुर – २ का किसान दुध विक्री गर्न लमही आएकाे र फर्किने क्रममा राप्ती नदीकाे बाढीमा फसेका थिए । तीन जनासंगै रहेपनि एक जनालाई बाढीले बगाएकाे र दुई जना सिमलकाे रुखमा चढेर सुरक्षित बसेका थिए । नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेकाे प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।
राजपुर-२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवकाे उद्धार गरिएको छ । उनीहरु संगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
