
Unsku
Lnp
Srbpu
Sgr
Pbu
pku
Rgp1
Ggp
Rgp

Bbbpu
Bbu
Rsb
Ggd
Wsp
nsb
Ssm
Ksm
Sbs
Tsm
Pvg
Gst
Rgu
Asm
Vor
Rgs
Sls
Rgu
Hal

Gsb
Abd
bbt
Mks
Jmb
Rpp
Syp
Bml
Jmb
Ptm
Rmb
sab
Pls
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय,काठमाडौँका इन्जिनियर राजीव बस्नेत, सव इन्जिनियर राजन कुमार भट्टराई र संजय अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगालबाट खटिएको टोलीले सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
त्यस्तै अनुसन्धानको सिलसिलामा पर्यटन विकास आयोजना इकाई कार्यालय,काठमाडौंका इन्जिनियर राजीव बस्नेतसहित सवइन्जिनियरद्वय भट्टराई र अर्यालले मिलेमतोमा निर्माण सम्पन्न पश्चात् ठेक्का बापतको रकम प्राप्तिका लागि सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको हुँदा तीनै जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
यस्तै इन्जिनियर बस्नेत,सवइन्जिनियरद्वय भट्टराई र अर्याललाई भ्रष्टाचार निवारण ऐन बमोजिम १७ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गर्दै मुद्दा दायर भएको घिमिरेले जानकारी दिए ।
