
Pbu
Gisld
Sds
mbd
Mbdvs
Rbs

Sbs
nsb
Sls
Rgs
Gst
Tsm
Rgu
Hal
Asm
Bbu
Rgu
Wsp
Ggd
Ssm
Ksm
Vor
Pvg
Bbbpu
Rsb

bbt
Syp
Jmb
Rmb
Pls
Abd
Jmb
Ptm
Mks
Rpp
Bml
Gsb
sab
दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशैभर प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।
नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ देउखुरीले पनि लमहीमा संसद बिघटन बिरुद्द प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर नेपाली काँग्रेस सडकमा उत्रिएको हो । काँग्रेसले संसद पुनस्थापना नहुँदा पनि सोमबारको प्रदर्शन काँग्रेसका लागि पहिलो चुनावी अभियानको रुपमा उपयोग गरिएको देखिएको छ । प्रधानमन्त्री ओलीले आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था छ । काँग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गरेको छ । ‘संसद बिघटन, सर्बसत्ता र भ्रष्टचार बिरुद्द लोकतान्त्रिक संविधान रक्षाको पक्षमा नेपाली काँग्रेस’ भन्ने नारा सहित दाङ क्षेत्र नम्बर १ ले लमहीमा संसद बिघटन बिरुद्द कडा बिरोध गरेको हो ।
सभालाई सँबोधन गर्दै नेपाली काँग्रेसकि केन्द्रीय सदस्य पार्बती डिसी चौधरीले संसद बिघटन असंबैधानिक र अलोकतान्त्रिक रहेको बताउनु भयो । जब मुलुकमा अप्ठेरो प्रस्थिति आउँछ तब नेपाली काँग्रेस त्यसको रक्षाका लागि सडकमा उत्रन्छ भन्दै चौधरीले केपी वली र बिद्या भण्डारीको कदम प्रती कडा आक्रोश पोख्नु भयो । सो शभाका प्रमुख अतिथी समेत रहनु भएका चौधरीले कम्युनिष्ट सरकारले भ्रष्टचारीलाई सँरक्षण गर्दै मुलुकमा झन भ्रष्टचार मौलाएको आरोप लगाउनु भएको छ ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेको शभापतित्व एबम केन्द्रीय सदस्य पार्बती डिसी चौधरीको प्रमुख आतिथ्य तथा काँग्रेसका आमन्त्रित केन्द्रीय कृष्ण किशोर घिमिरे र पुर्ब सभासद बिमला नेपालीको विशिष्ट आतिथ्यमा बिरोध सभा भएको हो ।
क्षेत्रिय सचिब चुडामणी आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा महासमिति सदस्य हरु जानकिलाल बस्नेत, कर्ण बहादुर बुढाथोकि,पुर्ब क्षेत्रिय सभापती अनुराग यादब,पुर्ब महाधिबेसन प्रतिनिधि मधु न्यौपाने, पुर्ब जिल्ला उपसभापती नारायण बिसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, बैदेशिक रोजगार लोकतान्त्रिक मञ्चका अध्यक्ष किरण किशोर घिमिरे, मुस्लिम सँघका केन्द्रीय सदस्य नवाफ अलि, शिक्षक संघका लुम्विनि प्रदेश संयोजक अर्जुन योगी, महासमिति सदस्यहरु शारदा चौधरी, बिन्तिराम यादब, तरुण दलका क्षेत्र नम्बर १ का सभापती किरण पौडेल, नेबी संघका पुर्ब केन्द्रीय उपाध्यक्ष पवन यादब, महिला संघकि खिमादेबी रिजाल, किसान संघका चन्द्रमणी आचार्य, दलित संघका क्षेत्रिय अध्यक्ष प्रबल रसाईली,जिल्ला समन्वय समितिका सदस्य लोका बि.क.,नेपाल दलित विद्यार्थी संघका जिल्ला सभापती कलसिंङ बिक लगायतका बक्ताले संसद बिघटन बिरुद्दमा कडा आक्रोश पोख्नु भएको थियो ।
लमही बसपार्कबाट नाराजुलुस सहित बजार परिक्रमा गरि लमही कोईलाबास रोडमा आई कोण सभामा परिणत भएको थियो । काँग्रेस कार्यकर्ताले ‘जनताले चिन्यो ओली सरकार-चारैतिर भ्रष्टचार, जनता कोरोनाको मारमा-नेकपा सत्ताको जितहारमा, सर्बसत्तावाद ओली सरकार-मुर्दाबाद मुर्दाबाद भन्दै चर्को नाराजुलुस गरेका थिए । जुलुसमा क्षत्र नम्बर १ अन्तरगतका राजपुर, लमही, राप्ती, गढवा, साबिकका रामपुर,धर्ना लगायतका तमाम कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।
