
Lnp
pku
Sgr
Ggp
Rgp1
Srbpu
Unsku
Pbu
Rgp

Pvg
Bbbpu
Rgu
Hal
Sls
Rgs
Rsb
Bbu
Gst
Vor
Wsp
Ksm
nsb
Ggd
Rgu
Asm
Tsm
Sbs
Ssm

Rpp
Bml
Jmb
Ptm
Rmb
sab
Syp
Abd
bbt
Gsb
Pls
Jmb
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी थालिएको छ।
बालमैत्री वडा घोषणाकाे लागि आवश्यक ५१ सुचकहरु मध्ये अधिकांश सूचकहरु पूरा गरि बालमैत्री वडा घोषणा गर्न लागिएको राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिए ।
यसै क्रममा मंगलबार बालमैत्री वडा घोषणा संचालन सम्बन्धी पिपरीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष दयाराम चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाकि उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बाेल्दै उपाध्यक्ष चाैधरीले बालबालिकाहरुकाे हक अधिकारलाई सुनिश्चित गर्न सबै क्षेत्र बालमैत्री हुनुपर्ने बताउदै त्यसको लागि सबै पक्षकाे साथ र सहयोगकाे आवश्यकता हुने बताए ।
त्यस्तै उपाध्यक्ष चाैधरीले आगामी दिनमा आवश्यक सम्पूर्ण सूचकहरु पूरागरि पालिकाका नाै वटै वडाहरुलाई क्रमश बालमैत्री वडा घाेषणा गरि पालिकालाई नै बालमैत्री घाेषण गर्ने पालिकाकाे लक्ष्य रहेको समेत बताए ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री वडा घाेषणा कार्यविधि २०८० अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री वडा घाेषणाका लागि आवश्यक ५१ वटा सुचकहरु, विद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा बालभेला लगायतका विषयमा पालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिए ।
त्यस्तै अभिमुखीकरण कार्यक्रममा वडाका जनप्रतिनिधि, वडामा क्रियाशील राजनैतिक दलका प्रतिनिधि,टाेल विकास संस्थाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी, पालिका स्तरीय बाल सञ्जालका पदाधिकारी लगायत सराेकारवालाहरुकाे सहभागीता रहेको थियो । पालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जीवन कुमारी जिसीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण वडा सचिव अकलेस कुमार चाैधरीले गरेका थिए ।
