
Sgr
Lnp
Rgp1
Ggp
pku
Rgp
Unsku
Pbu
Srbpu

Gst
Rsb
Wsp
Rgu
Sls
Vor
Hal
nsb
Rgu
Bbu
Tsm
Ssm
Rgs
Bbbpu
Ggd
Pvg
Ksm
Sbs
Asm

Pls
bbt
Jmb
Jmb
Mks
Rpp
Gsb
Bml
Ptm
Abd
Syp
Rmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव शनिबार सम्पन्न भएको छ।
“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा बगर कृषि सहकारी संस्थाको आयोजना एवम् राप्ती प्रेस मञ्चको सह-आयोजनामा साे दिवस तथा महोत्सव सम्पन्न भएको हाे।
दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नाहनपुर स्थित करमकाशी चाैधरी,देवीप्रसाद चाैधरी र बसन्त चाैधरीकाे करिब १५ कठ्ठा जग्गामा जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुद्वारा सामुहिक धान राेपाई गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरीयाले जानकारी दिए ।
सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन वृद्धि गर्न चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने, गुणस्तरीय प्रविधिको प्रयोग गर्ने,रासायनिक तथा प्रागांरिक मलको सन्तुलित प्रयोग गर्ने तथा उन्नत जातको बालीनालीको प्रयोग गर्न आवश्यक रहेको बताए ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले किसानहरुसँगै सामुहिक कार्य गर्दा श्रम संस्कृतिकाे विकास हुनुका साथै किसानहरुमा हाैसला प्रदान हुने बताए ।
उक्त राष्ट्रिय धान दिवस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,३ नं.वडा अध्यक्ष उमेश अधिकारी,५ नं. वडा अध्यक्ष देव प्रसाद चाैधरी,७ नं.वडा अध्यक्ष सिताराम चाैधरी अन्य जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सहकारी संस्थाका पदाधिकारीहरु गरि करिब ४० जना बढीको सहभागीता रहेको थियो ।

