
Rgp
Unsku
Lnp
Srbpu
Rgp1
pku
Pbu
Sgr
Ggp

Rgu
Ksm
Gst
Hal
Rgu
Bbbpu
Asm
Ssm
Wsp
Rsb
Bbu
Sbs
Sls
Ggd
nsb
Tsm
Pvg
Vor
Rgs

Gsb
Jmb
Jmb
Abd
Pls
Ptm
Rmb
bbt
Syp
sab
Rpp
Mks
Bml
काठमाडौं । नेपाल सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले शनिबार प्रदर्शन गरेका छन् ।
उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले शनिबार घोराही सिमेन्ट उद्योग अगाडि प्रदर्शन गरेका हुन् । श्रमिकहरुले न्यूनतम पारिश्रमिक,बैंक खातामा तलब भुक्तानी,सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग राखेका छन् ।
त्यस्तै उनीहरुले सरकारले दैनिक ६६८ रुपैयाँ न्यूनतम ज्याला तोकेको भए तापनि उद्योगले बीचमा श्रमिक सप्लायर्स कम्पनी खडा गरी वर्षौंदेखि प्रति व्यक्ति प्रतिदिन २०० रुपैयाँसम्म ठगी गरेको दाबी गरेका छन् । श्रमिकहरूले सप्लायर्स कम्पनीले बैंक खातामा तलब नदिई हाल प्रतिदिन ५०० रुपैयाँको दरले मात्र दिने गरेको बताएका छन् ।
आन्दोलनको अगुवाइ गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विशाल अधिकारीले विगत १० वर्षमा स्थानीय श्रमिकको २५ करोड रुपैयाँ भन्दा बढी ठगी गरिएको तथ्यांक पाएको बताए ।
यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेले श्रमिक सप्लायर्स कम्पनीले न्यूनतम पारिश्रमिक दिन तयार नभएको बताए । उनले यस्तो अवस्था कायम रहे उद्योग बन्द गराउने चेतावनी दिए।
त्यस्तै श्रमिकहरूले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता जस्ता सुविधाहरू नपाएको गुनासो गरेका छन्। साथै, स्थानीय बासिन्दाले उद्योगले वातावरण प्रदूषणबाट जोगाउन मापदण्ड पूरा नगरेको र यसले स्थानीयवासीको स्वास्थ्यमा जोखिम पुर्याएको चिन्ता व्यक्त समेत गरेका छन्।
