Sidha Patra शनिबार, आषाढ १५, २०८१

काठमाडौँ । असार १५,दही–चिउरा खाने दिन । आज देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायी बताउँछन् ।

त्यसो त दुग्ध उत्पादक किसानले अझै पनि दुधको बक्यौता भुक्तानी पाइसकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ । यद्यपि असार १५ का दिन दुग्ध उत्पादक किसानका लागि पनि केही राहत मिल्ने सरोकारवाला बताउँछन् ।

दही–चिउरा खाने दिनमात्रै दहीको कारोबार करिब १ अर्ब ४० करोड रुपैयाँको हुने अनुमान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । उनका अनुसार असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने अनुमान छ ।

दुध तथा दुग्ध पदार्थको खपत बढाउन र किसानले उत्पादन गरेको दुधको बजार प्रवर्द्धनका लागि दही–चिउरा खाने दिनले सहयोग गरिरहेको दाहालको भनाइ छ । ‘यो दिन भनेको मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरिन्छ,’ उनले भने, ‘असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ । यस दिन सबै ठाउँमा दही–चिउरा खाइन्छ ।’

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दही–चिउरा खाने नेपाली संस्कृति रहेको सुनाए । ‘वर्षमा एक चोटीमात्र होइन, बारम्बार गरिरहनुपर्ने कार्यक्रम हो,’ उनले भने, ‘किसानले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थ खपत बढाउन यस्ता कार्यक्रम सदैव गर्नुपर्छ ।’ दुध तथा दुग्ध पदार्थको खपत बढाउन र किसानले उत्पादन गरेको दुधको बजार प्रवर्द्धनका लागि दही–चिउरा खाने दिनले सहयोग गरिरहेको यादवको भनाइ छ । ‘अहिले रोकिएको किसानको भुक्तानी दिलाउन बोर्ड पूर्ण रूपमा लागेको छ,’ उनले भने, ‘दही–चिउरा खाने हाम्रो पुरानो संस्कृति हो । यसले स्वदेशी उत्पादनको खपत हुनुको दही–चिउराले स्वास्थ्यलाई समेत फाइदा गर्छ र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रवर्द्धन हुन्छ ।’

त्यस्तै पशुसेवा विभागका पशु विकास अधिकृत सिताराम वलीले किसान र उद्योगीबिच समन्वय हुनुपर्ने बताए । ‘किसान र उद्योगीको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ,’ उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि किसानको उत्पादन सङ्कलन गरी प्रशोधन गर्दै बजारसम्म ल्याउनु उद्योगको कर्तव्य हो ।’ दुग्ध क्षेत्रमा देखिएका समस्यालाई किसान र उद्योगीले मिलेर समाधान गर्नुपर्ने वलीको भनाइ छ । ‘सरोकारवाला छुट्टाछुट्टै हिँडेर कहीँ पनि नपुगिने कुरा सबैले बुझ्न आवश्यक छ,’ उनले भने, ‘दुग्ध क्षेत्रको हितका लागि सबैले काम गरिरहनुपर्ने अवस्था छ ।’नेपाली संस्कृति अनुसार खेतमा रोपाइँ गरी दही– चिउरा खाने भएकाले यस दिनलाई दही–चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ ।

यस्तै केन्द्रीय दुग्ध उत्पादक सहकारीका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले दही–चिउरा खाने, खिर खाने लगायतका हरेक पर्वले किसानको उत्पादन खपतमा ठुलो सहयोग पुगेको बताए । नेपालमा असार १५ लाई विगत २० वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदै छ ।

सन् २००४ मा संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने चलन चलेको हो । नेपालमा पनि खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको हो । नेपाली संस्कृति अनुसार खेतमा रोपाइँ गरी दही–चिउरा खाने भएकाले यस दिनलाई दही–चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ । वर्षा याममा हिलाम्य भएको शरीरलाई दही खाँदा ऊर्जा दिने भएकाले दही–चिउरा खाने चलन रहेको सरोकारवालाको भनाइ छ ।

यस्ता छन् दही खानुका फाइदा

दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ,दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ,पेटसम्बन्धी समस्या हुनेलाई दही अत्यन्त उपयोगी मानिन्छ, अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ,आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्‍याउँछ,दही खानाले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ,दही नियमित खाएको खण्डमा कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ,मुटुको धड्कन बढ्ने समस्यामा पनि दही लाभदायी हुन्छ,दही खानाले हड्डीहरूको विकासमा सहयोग पुर्‍याउँछ,दाँत, नङ बलियो पार्न पनि दही खानु उपयोगी हुन्छ,अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ,दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्‍याउँछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]