
Rgp1
pku
Srbpu
Sgr
Unsku
Pbu
Ggp
Rgp
Lnp

Bbbpu
Ssm
Pvg
Sls
Vor
Hal
Sbs
Tsm
Ksm
Ggd
Rgu
Asm
Gst
Rsb
Rgs
Rgu
Bbu
Wsp
nsb

Rpp
Syp
Jmb
sab
Abd
Rmb
Bml
Mks
Gsb
bbt
Pls
Ptm
Jmb
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । भूकम्पले क्षति पुगेको विवरण भने अहिलेसम्म आएको छैन ।
त्यस्तै २०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् । १ असार २०७८ को दिन सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएका थिए । हेलम्बुमा १२७ र मेलम्चीमा १५ घर परिवारलाई सुरक्षित स्थानामा पुनर्स्थापना गर्नुपर्ने छ । तर भौगर्भिक अध्ययन नहुँदा उनीहरुको स्थानान्तरण भएको छैन । त्यसैले अहिले पनि उनीहरु जोखिम क्षेत्रमै रहेका छन् ।
