
Rgp
Rgp1
Pbu
Ggp
Lnp
pku
Srbpu
Unsku
Sgr

Asm
Rgu
nsb
Ssm
Gst
Vor
Bbbpu
Rsb
Wsp
Sls
Ksm
Rgs
Pvg
Rgu
Ggd
Sbs
Hal
Bbu
Tsm

Pls
Abd
Rmb
Mks
sab
Gsb
bbt
Rpp
Jmb
Bml
Jmb
Ptm
Syp
रौतहट। नेपाल सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा रौतहटबाट हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
त्यस्तै मोटरसाईकलको सीट मुनि लुकाएर उक्त रकम ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत भारतीय हुन्डी कारीवारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी विक्रम हुमागाईँले बताएका छन् । गत माघ ५ गते ५ लाख ९४ हजार सहित एक जना मानिसलाई मोटरसाइकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । २०८० पुस २० गते ५ लाख ११ हजार, ८७५ रुपैयाँ सहित दुई मानिस एकथान मोटरसाइकल, सोही दिन भारतीय रुपैयाँ ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँ सहित एक व्यक्ति पक्राउ परेका थिए ।
यसैगरी माघ महिनादेखि असारको दोस्रो सातासम्म सशस्त्र प्रहरीले रौतहटको विभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैयाँसहित ५ जना हुन्डी कारोबारमा संलग्न मानिसलाई पक्राउका साथै उनीहरूको ३ थान मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
