
Lnp
Rgp
Sgr
Pbu
pku
Rgp1
Unsku
Ggp
Srbpu

Rsb
Rgs
Rgu
Pvg
Hal
Bbu
Wsp
Sls
Asm
nsb
Vor
Ssm
Ggd
Rgu
Gst
Sbs
Bbbpu
Tsm
Ksm

Rmb
Pls
Jmb
Ptm
Jmb
Gsb
Syp
Rpp
Mks
bbt
sab
Bml
Abd
दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङले भन्सार छलेर चोरी निकासी गरी ल्याएको ब्रोइलर कुखुरा र ढुवानीमा प्रयोग भएको पिकअप गाडी समेत गएराती राजपुरको खंग्रानाका जाने सडकबाट पक्राउ गरि नियन्त्रणमा लिएको छ ।
भारको उत्तरप्रदेशबाट भन्सार चोरी निकासी पैठारी गरि खंग्रानाकामा डम्पिङ गरि रा.१च.११७४ को पिकअप भ्यानबाट रोल्पाको घर्तिगाउँ लैजान थालिएका ४९० ब्रोइलर कुखुरा र ढुवानीमा प्रयोग गरिएको उक्त गाडी तथा चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख कालीका कार्कीको कमाण्डमा खटिएको टोलीले वेलुका ८ बजेदेखि रातभर पिछा गरेर बिहान ३ बजे कुखरा बोकेको गाडीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख कार्कीले बताए ।
खंग्रानाकादेखि जंगहवा हुदै रोल्पा लैजान थालिएको कुखुरा बोकेको गाडी र चालक माडी–२ रोल्पा निवासी हरिवहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताईएको छ । पक्राउ गरिएका चार सय नब्बे वटा ब्रोइलर कुखुरालाई कोइलाबास भन्सार कार्यालयका प्रमुख, पशु क्वारेण्टाईन चेकपोष्ट भालुवाङका प्रमुख, स्थानीय सरकारका जनप्रतिनिधी,गढवा गाउँपालिका पशुसेवा शाखाका प्रमुख तथा राजश्व शाखाका प्रमुख र गढवा उद्योग बाणिज्य संघका प्रतिनिधी र पत्रकारहरुको रोहवरमा मुचुल्का उठाई ईलाका प्रहरी कार्यालय गढवाको प्राङ्गणमा खाडल खनेर बुधबार नै नष्ट गरिएको र कुखुरा ढुवानीमा प्रयोग गरिएको गाडी भन्सार कार्यालयलाई बुझाइएको प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।
त्यस्तै भन्सार छली गरेर कुखुरा निकासी पैठारी गरिएको गाडी चालकसंग कुखुरा खरिद गरेको आधिकारीक कागज र क्वारेण्टाईन जाँचपास केहि नभएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका गाडीचालक र गाडीको कानूनी प्रोसेस बमोजिम कारबाही अगाडी बढाईने प्रहरीले जनाएको छ ।
