उमेश बन्जाडे आइतबार, आषाढ ०९, २०८१

दाङ । देउखुरीको एक हाँस फारममा जंगली बिरालोको आक्रमणमा परि १ सय १० वटा हाँस मरेका छन् ।

लमही नगरपालिका वडा नम्बर २ मा गयराती पसेको जंगली बिरालोले चाइनिज पेइचिङ जातका दुई किलोग्राम माथिका १ सय दस वटा हाँस माथी आक्रमण गर्दा करिब एक लाख पच्चीस हजार बराबरको क्षेति भएको पीडित कृषक ठगेन्द्र चौधरीले जानकारी दिए ।लमही नगरपालिका ३ का स्थाइ बासिन्दा समेत रहेका चौधरीले विगतमा विभिन्न पेशा अंगालेको भएपनि सार्थक नहुँदा हाँस पालन तर्फ लागेको बताएका छन् । चौधरीले विगत चार वर्ष अघिदेखि लमही नगरपालिका २ स्थित राजपुरमा चाइनिज पेईचिङ जातका हाँस पालन गर्दै आएको बताउँछन्। साथमा उनले लोकल कुखुरा र स्थानीय प्रजातिका हाँस समेत पालन गरेका छन् । गतवर्ष पनि राप्ती नदीको बाढी फारममा पस्दा एक लाख बराबरको क्षेति भएको चौधरीको भनाइ छ।त्यस्तै आफू सँगैका सयौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै केही गर्ने उदेश्यले व्यवसाय गर्न कोशिश गरेका उनले बेलाबेलामा आइपर्ने यस्ता समस्याले आफुलाई मर्कामा पार्ने गरेको गुनासो गरेका छन् । मुनाफा जति क्षेति हुने भएपछि यसमा आफ्नो मन गर्दै गएको समेत चौधरीको दुखेसो छ । आफ्नै माटोमा केही गरौं भन्ने कृषकका यस्ता खाले भइपरिमा स्थानीय सरकारले सहायता गर्न सके थुप्रै युवाहरु स्वदेशमै खटेर पसिना बगाउने सहज वातावरण निर्माण हुनसक्ने पीडित चौधरीको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]