
Pbu
Rgp1
Rgp
Srbpu
Ggp
Unsku
pku
Lnp
Sgr

Vor
Asm
nsb
Rsb
Sbs
Bbu
Sls
Bbbpu
Rgu
Tsm
Ksm
Rgs
Ssm
Pvg
Wsp
Ggd
Rgu
Gst
Hal

Jmb
Pls
Abd
Bml
Rpp
sab
bbt
Syp
Rmb
Ptm
Mks
Jmb
Gsb
दाङ । देउखुरीको एक हाँस फारममा जंगली बिरालोको आक्रमणमा परि १ सय १० वटा हाँस मरेका छन् ।
लमही नगरपालिका वडा नम्बर २ मा गयराती पसेको जंगली बिरालोले चाइनिज पेइचिङ जातका दुई किलोग्राम माथिका १ सय दस वटा हाँस माथी आक्रमण गर्दा करिब एक लाख पच्चीस हजार बराबरको क्षेति भएको पीडित कृषक ठगेन्द्र चौधरीले जानकारी दिए ।
लमही नगरपालिका ३ का स्थाइ बासिन्दा समेत रहेका चौधरीले विगतमा विभिन्न पेशा अंगालेको भएपनि सार्थक नहुँदा हाँस पालन तर्फ लागेको बताएका छन् । चौधरीले विगत चार वर्ष अघिदेखि लमही नगरपालिका २ स्थित राजपुरमा चाइनिज पेईचिङ जातका हाँस पालन गर्दै आएको बताउँछन्। साथमा उनले लोकल कुखुरा र स्थानीय प्रजातिका हाँस समेत पालन गरेका छन् । गतवर्ष पनि राप्ती नदीको बाढी फारममा पस्दा एक लाख बराबरको क्षेति भएको चौधरीको भनाइ छ।
त्यस्तै आफू सँगैका सयौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै केही गर्ने उदेश्यले व्यवसाय गर्न कोशिश गरेका उनले बेलाबेलामा आइपर्ने यस्ता समस्याले आफुलाई मर्कामा पार्ने गरेको गुनासो गरेका छन् । मुनाफा जति क्षेति हुने भएपछि यसमा आफ्नो मन गर्दै गएको समेत चौधरीको दुखेसो छ । आफ्नै माटोमा केही गरौं भन्ने कृषकका यस्ता खाले भइपरिमा स्थानीय सरकारले सहायता गर्न सके थुप्रै युवाहरु स्वदेशमै खटेर पसिना बगाउने सहज वातावरण निर्माण हुनसक्ने पीडित चौधरीको भनाइ छ ।
