
Rgp
Pbu
pku
Rgp1
Unsku
Srbpu
Lnp
Ggp
Sgr

Rgs
Rgu
Hal
Tsm
Bbu
Vor
Rgu
Gst
Wsp
Sbs
Ssm
Pvg
Ggd
nsb
Ksm
Bbbpu
Asm
Rsb
Sls

sab
Pls
Abd
bbt
Jmb
Bml
Syp
Mks
Gsb
Rmb
Ptm
Rpp
Jmb
दाङ । लुम्बिनीमा जनता समाजबादी पार्टी नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ । उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय समेत गरेको हो ।
पार्टीले दिएको निर्णय कार्यान्वयन गर्दे प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनता समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिए । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
त्यस्तै सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी,नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै पार्टीका दुईजना प्रदेश सभा सदस्यमध्ये भण्डारीललाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषि मन्त्री छन् । यद्यपी उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ ।
