
Pbu
pku
Sgr
Rgp1
Srbpu
Ggp
Rgp
Unsku
Lnp

Asm
Sls
Bbu
nsb
Rgu
Pvg
Ksm
Gst
Tsm
Vor
Wsp
Bbbpu
Rgu
Hal
Ggd
Ssm
Rsb
Rgs
Sbs

Abd
Jmb
Jmb
Syp
Gsb
Rmb
Pls
Mks
bbt
Ptm
Rpp
sab
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.४ माैरीघाटमा १० दिने बेकरी सम्बन्धी सिप विकास तालिम शुक्रबारदेखि सुरु भएको छ । “सिप सिकौ आत्म निर्भर बनौ ” भन्ने मूल नाराका साथ गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत साे तालिम सुरु भएको हाे।
राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सीप सिकेर उद्यमी बन्नुपर्नेमा बताए । तालिमबाट सीप सिकेर त्यसलाई पूर्ण रूपले व्यवहारमा उतार्नुपर्ने बताउँदै अध्यक्ष विष्टले उद्यमको क्षेत्रमा लागेर व्यावसायिक बन्नु पर्ने बताए ।
त्यस्तै वडा अध्यक्ष बिर बहादुर चाैधरीले सीपले मानिसलाई आत्मानिर्भर बनाउने बताउदै तालिमले आयआर्जनमा सहयोग पुग्ने बताए । १५ जना सहभागी रहेको तालिमकाे प्रशिक्षक कृष्ण बिक रहेका छन् ।
गाउँपालिकाले विपन्न युवा र महिलाहरुलाई स्वराेजगार बनाउने उदेश्यले अन्य विभिन्न तालिमहरू समेत सञ्चालन गर्दै आइरहेको गाउँपालिकाले जनाएको छ।
