
Sgr
Rgp1
pku
Ggp
Lnp
Pbu
Unsku
Rgp
Srbpu

Sls
nsb
Bbbpu
Pvg
Hal
Vor
Rgs
Wsp
Rsb
Bbu
Rgu
Rgu
Ggd
Asm
Ssm
Ksm
Tsm
Gst
Sbs

Jmb
Jmb
Rpp
Gsb
Pls
Syp
Ptm
bbt
sab
Abd
Rmb
Mks
Bml
काठमाडौँ । जातीय भेदभाव तथा छुवाछुत विरुद्धको १८ औँ राष्ट्रिय दिवस आज संघीय राजधानी काठमाडौँ सहित देशैभरि विभिन्न कार्यक्रम गरी भव्य साथ मनाइँदै छ ।
नेपाल सरकारले वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिम व्यवस्थापिका संसदबाट जातीय छुवाछुतमुक्त राष्ट्र घोषणाको प्रस्ताव पारित गरेको थियो । त्यहीँ दिनलाई आधार मान्दै सरकारले त्यसयता हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत दिवस मनाउने गरिएको हो । सोमबार पनि दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै छन् ।
त्यस्तै संयुक्त राजनीतिक दलित संघर्ष दलित,राष्ट्रिय दलित आयोग लगायत संघ-संस्थाको संयुक्त आयोजनामा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दिवसकै अवसरमा प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । नेपालमा हजारौँ वर्ष पहिलेदेखि सामाजिक रुपमा रहेको जातीय भेदभाव र छुवाछुतलाई पहिलो मुलुकी ऐन १९१० ले कानुनी मान्यता दिएको थियो । मुलुकी ऐनलाई जातीय भेदभाव नगर्ने व्यक्तिलाई नै कारबाही गर्ने व्यवस्था गरेको थियो ।
मुलुकी ऐन २०२० ले त्यसलाई हटाए पनि उत्पीडित समुदायलाई न्यायका लागि भने खासै प्रबन्ध गरेको थिएन । नेपालको संविधानले २०७२ ले बहुजातीय, बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता,सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय,जातीय, क्षेत्रीय,भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प छ ।
त्यस्तै राज्यले कानुनीरुपमा संस्थागत गरेर समाजमा जात प्रथा स्थापित गरेको र अब कानूनीरुपमै त्यसलाई निरूपण गर्नुपर्ने भन्दै दलित समुदायले क्षतिपूर्तिसहितको विशेष व्यवस्था गर्न माग गर्दै आएको छ । शताब्दीऔँसम्म राज्यबाट पछाडि पारिएको समुदायलाई अब विशेष व्यवस्था गरेर उनीहरूको आर्थिक,सामाजिक तथा राजनीतिक सशक्तीकरण गरिनुपर्ने व्यापक माग उठ्दै आइरहेको छ ।
