
pku
Sgr
Lnp
Rgp
Srbpu
Ggp
Rgp1
Pbu
Unsku

Rsb
Ggd
Rgu
Ksm
Tsm
Bbbpu
Sls
Gst
Wsp
Ssm
Rgs
Vor
Asm
Pvg
Sbs
Hal
Bbu
Rgu
nsb

Jmb
Rmb
Ptm
Pls
Abd
Gsb
Syp
bbt
Rpp
Jmb
Bml
sab
Mks
काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको नेपाली कांग्रेस आजदेखि उपस्थित हुने भएको छ ।
सोमबार अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त बैठकमा नेपाली कांग्रेस सहभागी हुन भएको हो । ‘माथिबाट पनि सहभागी हुनु भन्ने कुरा आएको छ,दलको बैठकबाट निर्णय गरेर बैठकमा सहभागी हुन्छौं,’ कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘नीति तथा कार्यक्रममा उपस्थित हुने कुरा छ ।’
त्यस्तै कांग्रेसले गत २७ वैशाखमा मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको नयाँ सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण मुद्दा किनारा नलागेसम्म बैठकमा उपस्थित नहुने बताउँदै आएको थियो । मुख्यमन्त्री कार्कीको नियुक्ति विरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
