
Rgp1
pku
Sgr
Unsku
Srbpu
Rgp
Lnp
Pbu
Ggp

Sls
nsb
Rsb
Tsm
Pvg
Rgs
Wsp
Ksm
Rgu
Asm
Sbs
Rgu
Vor
Gst
Bbbpu
Ssm
Ggd
Hal
Bbu

Pls
Rmb
Mks
Jmb
Abd
sab
Ptm
Syp
Gsb
bbt
Bml
Rpp
Jmb
दाङ । विपद व्यवस्थापनमा महिला,बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयकाे आयोजना तथा राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्च नेपालकाे आयोजनामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी आईतवार राप्ती गाउँपालिकामा सम्पन्न एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले विपद व्यवस्थापनका नीति तथा कार्यक्रमहरु बनाउदा उनीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । सबै किसिमका विपदबाट यहीँ समुदाय सवैभन्दा बढी प्रभावित हुने औल्याइएको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपदको समयमा उद्धार कार्यमा खटिने व्यक्तिहरुले यसको मर्म बुझ्नुपर्ने धारणा व्यक्त गरे । नीति भएता पनि त्यसको कार्यान्वयनमा गम्भिरता नदेखिएको भन्दै उनले कार्यान्वयनको पाटो सुधार गर्नुपर्ने बताए । अध्यक्ष विष्टले विपद आउनै नदिन यसको पूर्व तयारीमा बढी काम गर्नुपर्ने धारणा राखे । त्यस्तै यसका लागि विपदबाट बढी प्रभावित समुदायलाई लक्षित गरि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
गाेष्ठीमा लैङ्गिक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरणका लुम्बिनी प्रदेश प्रकाश विकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका ऐन, नीति,कार्यक्रमबारे जानकारी गराउदै विपदबारे आम सर्वसाधारणलाई उनीहरुले बुझ्ने भाषामा कसरी बुझाउने भन्नेबारे प्रस्तुती दिएका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खड्का,वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरी,लुम्बिनी प्रदेश विपद पुनर्निर्माणका प्राविधिक इन्जिनियर प्रकाश बस्नेत, कार्यपालिका सदस्य,न्यायीक समिति सदस्यहरु लगायत गाउँपालिकामा गठित विभिन्न सञ्जालका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियोे ।
राप्ती गाउँपालिका कार्यपालिका सदस्य चम्फा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।
