
Pbu
Rgp
Srbpu
Ggp
Sgr
pku
Lnp
Unsku
Rgp1

Sls
Hal
Gst
Rgu
Asm
Wsp
Bbu
Bbbpu
Sbs
Ksm
Tsm
Pvg
Rgu
Ggd
Vor
Rgs
nsb
Rsb
Ssm

Abd
Bml
Gsb
Pls
bbt
Rpp
Syp
Ptm
Jmb
Rmb
sab
Jmb
Mks
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ ।
सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो ।
त्यस्तै प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अन्य व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको विषयमा प्रश्न सोध्दा जिल्ला अदालत धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले आफूलाई पक्राउ पुर्जी जारी भएको बारे जानकारी नहुने बताए ।
त्यस्तै प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ सबै जानकारी नहुने उनले बताए । जिल्ला अदालतले यो गोपनीयता भङ्ग गर्ने कुरा भएकाले बोल्न नमिल्ने र प्रहरीसँग बुझ्न आग्रह समेत गरे ।
