
Rgp
Rgp1
pku
Unsku
Pbu
Ggp
Lnp
Srbpu
Sgr

Tsm
nsb
Rgu
Vor
Pvg
Wsp
Ksm
Sls
Ggd
Bbbpu
Bbu
Gst
Rgs
Ssm
Sbs
Rgu
Rsb
Hal
Asm

Jmb
Gsb
Ptm
Pls
Rpp
sab
Mks
Rmb
Syp
bbt
Jmb
Abd
Bml
सुर्खेत । सुर्खेतमा आज बिहानै बोलेरो जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना परेको हो ।
त्यस्तै प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
उक्त जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको शव ल्याउने तयारी भइरहेको बताए । यस्तै बाँकीको खोजी कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।
