
Pbu
Rgp1
Ggp
pku
Sgr
Rgp
Unsku
Lnp
Srbpu

Vor
Ggd
Bbu
Rgu
nsb
Asm
Ksm
Rgu
Sbs
Gst
Sls
Wsp
Ssm
Rsb
Pvg
Rgs
Hal
Tsm
Bbbpu

Ptm
Mks
sab
Gsb
Rpp
bbt
Jmb
Rmb
Pls
Jmb
Syp
Abd
Bml
दाङ । युवा जनशक्तिलाई बिदेश पलायन हुनबाट रोक्न सरकार र घरपरिवारबाटै हरेक कोणबाट कोशिस गर्नुपर्ने लुम्बिनी प्रदेश सरकारका आन्तरीक मामला तथा कानून मन्त्री दिनेश पन्थीले बताएका छन् ।
राष्ट्रिय युवा परिषद तथा युवालय ललितपुरको आयोजनामा देउखुरीको भालुवाङमा आयोजित प्रादेशिक निती संबाद कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् ।
युवालय नेपालका अध्यक्ष धर्मराज रिमालको अध्यक्षता र आन्तरीक मामला तथा कानून मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यमा भएको २ दिने प्रदेश स्तरीय निति संबाद कार्यक्रममा बोल्दै प्रमुख अतिथी पन्थीले युवा शक्तिलाई आफ्नो भविश्य आफ्नै देशमा देख्न सक्ने वातावरण घर,परिवार समाज र राष्ट्रले सिर्जना गर्नुपर्ने वेला आएको बताए ।
नैतिक शिक्षाको अभावका कारण युवाहरुलाई असल संस्कार दिन र श्रम सिपसंग गाँस्न नसकिएकोले बिदेश पलायन हुने लहर बढिरहेको उनले भने–श्रमशक्ति बेच्न युवाहरु बिदेसिनु भनेको पठन–पाठनबाट वञ्चित हुनु हो । दिनप्रतिदिन बिदेश पलायनको लहरले भोलीका दिनमा देशमा दक्ष जनशक्तिको अभाव खड्किने छ यो बिषयलाई सरकारले गंभिरता साथ लिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद निमा गिरीले कार्यक्रम र कृयाशिलताले क्षमता र दक्षता बढाउने भन्दै युवा शक्तिहरु राष्ट्रनिर्माणका मेरुदण्ड भएको बताएकि छिन् । गैह्र सरकारी संस्थाहरुले दक्षता र क्षमताको बिकास गराउदै गर्दा तथ्यगत रिपोटिङ गर्न र तथ्य डाटाहरु अपडेड गर्न आग्रह गरे । युवा तथा वालवालीकाहरुलाई श्रम गर्न दिनुहुदैन भन्दैगर्दा घरायसी कामकाज र संस्कार सिक्नबाट उनिहरु वञ्चित हुन पुग्दा आज घोप्टे युगको सुरुवात हुन थालेको टिप्पणि गरे ।
कार्यक्रममा राजपुर गाउँपालिकाको उपाध्यक्ष धनपति यादव,श्रम आप्रवासन अनुसन्धानकर्ता डा.अञ्जु तिवारी,दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर,सिड रिपोर्टर राकेश तिवारी लगायतले बोलेका थिए ।
लुम्बिनी प्रदेशका बह्रै जिल्लाबाट सहभागि भएका युवाहरुले घरेलु श्रम तथा स्याहार कार्य कसरी मर्यादित तथा सुरक्षित बनाउने भन्ने बिषयमा गहन छलफल गरि सरकारलाई सुझाव बुझाउने भएको कार्यक्रममा जानकारी गराइएको हो । सो अवसरमा राष्ट्रिय युवा परिषद् र युवालयले संचालन गर्दै आएका देशब्यापि गतिविधिहरुका बारेमा रक्षा अवस्थिले जानकारी गराएका हुन् ।
युवालयले लुम्बिनी प्रदेशमा रहेका निति निर्माताहरुसंग युवाहरुका सवालमा सुझाव प्रस्तुत गर्ने, युवा तथा महिलाहरुको नेतृत्व क्षमता बिकास गर्दै संयुक्त राष्ट्रसंघिय महासन्धि र जिनेभा महासंधी बमोजिम भेदभाव उन्मूलनका नितिगत ब्यवस्थापनका लागि सबै प्रदेशहरुमा सरकारका निकायहरुसंग संबाद गर्ने कार्यक्रम रहेको अध्यक्ष धर्मराज रिमालले जानकारी दिए ।

