
Pbu
Rgp1
pku
Sgr
Srbpu
Rgp
Lnp
Ggp
Unsku

Rgu
Hal
Rsb
Rgu
Gst
Ssm
nsb
Ksm
Vor
Bbbpu
Sls
Ggd
Asm
Wsp
Tsm
Rgs
Sbs
Pvg
Bbu

bbt
Ptm
Mks
Abd
Syp
Gsb
Pls
Bml
Rpp
sab
Jmb
Rmb
Jmb
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाको आयोजनामा एकदिने कानुनी साक्षरता कार्यक्रम वडा नं. ३ काे मसुरीयामा सम्पन्न भएको छ ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकी संयाेजक कमलापती चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहहरुबाट हेरिने मुद्दा र यसको प्रकृतिका बारेमा जानकारी गराइएको थियो ।
गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता हरि बेल्वासेले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समितिले हेर्ने मुद्दाहरु, न्यायिक निरुपण गर्दा अपनाइने सामान्य सैद्धान्तिक आधार, स्थानीय तहबाट निरुपण हुने विवादका विविध पक्षमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा स्थानीयस्तरका मुद्दा मामिलामा टोल विकास संस्थाहरुकाे पनि मध्यस्थतामा भूमिका हुन सक्ने भएकोले वडा नं.३ मा गठित टोल विकास संस्थाका सदस्य र नागरिक अगुवाहरुलाई सहभागी गराइएको थियो ।
