
pku
Rgp
Sgr
Unsku
Rgp1
Srbpu
Ggp
Pbu
Lnp

Ssm
Sbs
Asm
nsb
Wsp
Bbu
Rsb
Ggd
Vor
Bbbpu
Hal
Rgs
Pvg
Rgu
Tsm
Gst
Sls
Rgu
Ksm

Rmb
Jmb
Bml
Jmb
Mks
Rpp
Syp
sab
Pls
Ptm
Abd
Gsb
bbt
काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल सहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन तथा बिक्रीका क्रममा बदनियत पूर्ण तवरले फर्महरूसँग मिलेमतो गरेको अभियोग पत्रमा उल्लेख छ । धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी अन्य ठेक्काको अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्नेजस्ता कामबाट ३६ लाख ७८ हजार ५४३ रुपैयाँ राजस्व हानी नोक्सानी गराएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, इन्जिनियर विजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पीताम्बर पौडेल, प्राविधिक सहायक उज्ज्वल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
त्यसैगरी न्यु हरि निर्माण सेवा सुर्खेतका प्रोप्राइटर हरिबहादुर बुढा क्षेत्री,नवराज कन्स्ट्रक्सनका प्रोप्राइटर नवराज ढकालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले एञ्जल कन्स्ट्रक्सन,वीरेन्द्रनगर, सुर्खेतका प्रोप्राइटर भीमबहादुर बुढा क्षेत्री विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियरले जनाएको छ ।
