
Unsku
Rgp
Pbu
Lnp
pku
Srbpu
Ggp
Rgp1
Sgr

nsb
Bbbpu
Sls
Vor
Tsm
Ggd
Ssm
Rsb
Sbs
Rgu
Pvg
Ksm
Wsp
Rgu
Hal
Rgs
Bbu
Gst
Asm

Mks
Ptm
sab
Abd
Jmb
Syp
bbt
Rmb
Pls
Rpp
Jmb
Gsb
Bml
दाङ । फियान नेपाल र स्थानीय खाद्य अधिकार सञ्जाल गढवाको आयोजनामा गढवा ७ चन्दनपुरका किसानहरुको समस्या लामो समयको वहस पैरवी पश्चात् स्थानीय समुदाय र वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
बड्कापथ सिंचाई खाद्य अधिकार समूह चन्दनपुरको सिंचाईको सवालमा सरोकारवाला निकायहरुसंगको लामो वहस पैरवी पश्चात स्थानीय सरकार मार्फत समाधान हुनसक्ने गरि हस्तान्तरण गरिएको फियान नेपालले जनाएको छ । गढवा ७ चन्दनपुरका ५ सय घरधुरीका नागरिकहरुको झण्डै १२ सय बिगाहा जग्गामा राष्ट्रिय गौरबको बड्कापथ सिंचाई आयोजना सर्भेको क्रममै छुट भएको भन्दै स्थानीयहरुको सकृयतामा फियान नेपाल र स्थानीय खाद्य अधिकार सञ्जाल गढवाले सरोकारवाला निकायहरु स्थानीय र प्रदेश सरकारसंग वहस पैरवी गरिरहेको कार्यक्रममा जानकारी गराईएको हो ।
स्थानीय खाद्य अधिकार सञ्जालका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष राहुलदेव चौधरीको प्रमुख आतिथ्यमा सवाल हस्तान्तरण कार्यक्रम गरिएको हो । कार्यक्रममा दाङ जिल्ला खाद्य अधिकार सञ्जालका संयोजक साजिदा सिद्दिकी, फियान नेपालका लुम्बिनी प्रदेश संयोजक शुरेस गौतम, गढवा खानेपानीका सचिव खुमानन्द पोख्रेल, स्थानीय समाजसेवी एम्मे बहादुर बस्नेत, चित्रबहादुर खड्का लगायतले बोलेका थिए । खाद्य अधिकार समूहका अध्यक्ष उमाकान्त डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण खाद्य अधिकार सञ्जाल गढवाका सदस्य देवराज कुँवरले गरेका थिए ।
