
Pbu
pku
Unsku
Lnp
Rgp1
Ggp
Srbpu
Rgp
Sgr

Rgs
Wsp
Ssm
Sbs
Ksm
Asm
Pvg
Vor
Bbbpu
Sls
Gst
Rsb
Ggd
Rgu
Bbu
Rgu
Tsm
Hal
nsb

Jmb
Rmb
sab
Mks
Syp
Bml
Ptm
bbt
Rpp
Pls
Abd
Jmb
Gsb
दाङ । राप्ती आर्युवेद चिकित्सालय तुलसीपुरको आयोजना र गढवा गाउँपालिकाको समन्वयमा आइतवार गढवामा नागरिक आरोग्यता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
चिकित्सालयका डा.मदन कुमार बिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले नागरिकहरु आरोग्य भएमात्र समाज र राष्ट्रको समृद्धि सम्भव हुनसक्ने बताए ।
स्वस्थ्य नागरिक बन्न हामी आफैले भान्साघर नै अस्पताल हो भन्ने कुरालाई बुझ्न जरुरी भएको भन्दै दैनिक खानपान नै आरोग्यताकालागि महत्वपूर्ण बिषय भएको औंल्याए । बुढापाकाहरुले प्रयोगगर्ने जडीबुटी नै आर्युवेदीक औषधीहरु भएको भन्दै आजको समाजले आर्युवेद औषधीहरु एलोपेथिक औषधिहरु भन्दा एलोपेथिक औषधिहरुमा जोड दिदा र बिषदियुक्त खानपानका कारण अनेकथरीका रोगहरु लाग्ने गरेको बताए । आरोग्यताका लागि जडीबुटी र आर्युवेदिक औषधिहरु नै उपयुक्त भएको उनले बताए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहका अगुवाहरु, योग साधना केन्द्रका साधकहरु, जेष्ठ नागरिक तथा सामाजिक अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । स्वस्थ्यकर जिवनशैली प्रवर्धनमा गृहणीहरु मार्फत भान्सा सुधार अभियान जरुरी भएको र गाउँघरमा पाईने जडिबुटीहरु नै आरोग्यताका लागि बहुउपयोगि रहने आयोजकले जनाएको छ । नियमित शारिरीक ब्यायाम, ध्यान प्रणायामक र योग स्वस्थ्य जिवन जिउने आधार भएको र स्थानीय जडीबुटीहरुबाट तयार भएका आर्युवेदिक औषधिहरु मानव स्वास्थ्यकालागि निकै लाभदायक हुने कार्यक्रममा बताइएको थियो ।
हामीले सेवन गर्ने आहार बिहार बाटै अनेकन थरी रोगहरु लाग्ने भएको भन्दै भोजन सहि मात्रा, सहि समय र सहि विधिबाट प्रयोग गर्न सहभागिहरुलाई आयोजकले सुझाव दिएको हो । गाउँघरमा पाईने बेसार,लसुन,अदुवा,मरिच, तुलसीका पत्ता,गुर्जो, मेथि,ज्वानो,प्याज,जिरा, धनीयाँ, हिंग, अलैचि, मह, जाईफल, दालचिनी, पुदिना, सोंफ, हर्रोबर्रो, अमला, जामून, तिल, चरिम्लो, सित्तलचिनी, तेजपत्ता लगायतका अनेकौ जडिबुटीहरुको बिधिसम्मत प्रयोगले नागरिकहरु आरोग्य रहन सक्ने कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी,वडा अध्यक्ष बिरबहादुर आले मगर लगायतले बोलेका थिए । सो अवसरमा नागरिक आरोग्यताका लागि योग, ध्यान र ब्यायाम तथा आर्युवेद औषधिको महत्वका बारेमा सहभागिहरुलाई जानकारी गराइएको हो । राप्ती आर्युवेद चिकित्सालय तुलसीपुरका डा.कैलाश न्यौपाने, मदन कुमार डिसी र गोबरडिहा आर्युवेद औषधालयका प्रमुख डा. शंकरनाथ योगिले प्रशिक्षण दिएका थिए ।

