
Ggp
Sgr
Srbpu
Rgp1
Rgp
Unsku
Lnp
Pbu
pku

nsb
Vor
Gst
Ksm
Bbbpu
Asm
Wsp
Sls
Ggd
Pvg
Sbs
Bbu
Hal
Tsm
Rsb
Rgs
Ssm
Rgu
Rgu

Ptm
Rmb
Mks
Jmb
bbt
Bml
Rpp
sab
Pls
Jmb
Gsb
Syp
Abd
दाङ । नेपाल महीला सामुदायिक सेवा केन्द्र दाङका सस्थापक अध्यक्ष बिमला योगीले अशिक्षाका कारण बिगतमा आफुले भोगेको सास्कृतिक र शैक्षिक पिडाहरुलाई भुलेर आफ्ना सबै बालबालिकाहरुलाई विद्यालय पठाउन बादी समुदायका आमाहरुलाई आग्रह गरेका छन् ।
नेपाल महीला सामुदायिक सेवाकेन्द्र दाङ र नागरीक आवाज ललितपुरको सहकार्यमा संचालित सामुदायिक सुरक्षाजालो कार्यक्रम मार्फत बादी समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएकि हुन् ।
उनले पुराना कपडा भएपनि सफा सुग्घर बनाएर राम्रो बाताबरणमा नियमित विद्यालय पठाउने र उनिहरुलाई राम्रो पढ्ने बाताबरण बनाउने दायित्व र जिम्मेवारी आमाहरुको भएकोले उनिहरुलाई असल र सक्षम बनाउनका लागि आफ्नो बच्चाले के गर्दै छ , स्कुलमा राम्रोसंग पढ्छ पढ्दै स्कुलमा उसको लागि राम्रो बाताबरण छ वा छैन भन्नेकुराको निगरानी बिशेष गरेर आमाहरुले राख्नुपर्ने बताए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यबाहक अध्यक्ष बिष्णा गीरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका १३ दुर्गाभबानी टोलका बादी समुदायका २० जना बालबालिकाहरुका लागि स्कुल ब्याग,दुई र्दजन कापी,कलम विद्यालय पोशाक बितरण गरिएको थियो । कार्यक्रमको संचालन लिला शाहले गरेका थिए ।
