
Ggp
Pes
Rgp
Rgp1
Unsku
Pbu
Sgr
cjs
Ses
Lnp
Srbpu
Djs
Gfs
pku

Wsp
Rgu
Rsb
Asm
Ggd
Rgu
Gst
Rgs
Ssm
Pvg
Ksm
Tsm
Bbu
nsb
Hal
Sls
Vor
Bbbpu
Sbs

bbt
Jmb
Rpp
Jmb
Gsb
Ptm
Rmb
Pls
Abd
Bml
Mks
sab
Syp
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपको ढोका खोल्न भारतबाटै ओमान जाँदै छ । राज्य स्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्न नेपाली टोली भारत भ्रमणमा गएको हो ।
‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको उपाधि पनि नेपालले चुम्यो । त्रिकोणात्मक शृङ्खलामा नेपालका अतिरिक्त भारतका गुजरात र बरोडा क्लब सहभागी थिए । गुजरात र बरोडा दुवै भारतको प्रतिष्ठित घरेलु प्रतियोगिता ‘रणजी ट्रफी’ खेल्ने क्लब हुन् ।
नेपालले शृङ्खलाको फाइनल खेलमा गुजरातलाई १८ रनले हरायो । त्रिकोणात्मक शृङ्खला सकिएपछि अब नेपाली टोली भारतबाटै अर्को महत्त्वपूर्ण प्रतियोगिता ‘एसीसी प्रिमियर कप’ खेल्न ओमान प्रस्थान गर्नेछ । एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । नेपाल एसीसी प्रिमियर कपको साबिक विजेता पनि हो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) का एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने ढोका खोल्छ ।
त्यस्तै अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । नेपालले सन् २०२३ मा पनि एसिया कप खेल्ने अवसर पाएको थियो । त्यतिबेला नेपाल एसिया कपको समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि रहेका थिए । एसिया कपको त्यो संस्करणमा नेपाली खेलाडीले रोहित शर्मा, विराट कोहली, श्रेयष ऐयर, हार्दिक पाण्ड्या, शुभमन गिल, इशान किसन, रवीन्द्र जडेजा, बाबर आजम, इफ्तिखार अहमद, फाखर जामन, साहिन शाह अफ्रिदी, मोहम्मद रिजवान, नसिम शाहजस्ता विश्व चर्चित खेलाडीहरुसँग खेल्ने अवसर पाएका थिए ।
भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो । यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । खास गरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तान विरुद्धको खेलमा भने नेपाली बलरहरूले गतिलो प्रदर्शन गरेका थिए । पाकिस्तानविरुद्ध सोमपाल कामीले दुई तथा करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए । भारतविरुद्ध पनि खुलेर ब्याटिङ गरेका नेपाली ओपनर आसिफ शेखले अर्धशतकसमेत बनाएका थिए । अर्का ओपनर कुशल भुर्तेलले पनि ३८ रन बनाएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि भारतीय बलरहरूको निरन्तरको आक्रमणलाई विफल पार्दै ४८ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरीले २९ र गुलसन झाले २३ रन बनाएका थिए । मोहम्मद सिराज, रवीन्द्र जडेजा, हार्दिक पाण्ड्या, सार्दुल ठाकुर, मोहम्मद सामी, कुलदीप यादवजस्ता प्रभावशाली बलरको आक्रमणलाई नेपाली ब्याट्सम्यानले विफल पारेका थिए ।
समग्रमा नेपाली खेलाडीको आत्मविश्वास बढाउन एसिया कपको त्यो संस्करण निकै फलदायी सिद्ध भएको थियो । त्यसैले पनि प्रिमियर कपको आगामी संस्करणसमेत नेपालका लागि निकै महत्त्वपूर्ण प्रतियोगिता हो । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, आगामी संस्करण भने टी–२० ढाँचामा खेलाइने भएको छ । त्यसैले एसीसी प्रिमियर कपको आगामी संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्याउने छ ।
त्यस्तै आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउने छ । टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने सुनौलो अवसर हो ।
यसपटक पनि एसीसी प्रिमियर कपमा १० टोलीले सहभागिता जनाउँदै छन् । नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् । यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अप्रिल १२ तारिखमा मलेसियासँग खेल्नेछ । अप्रिल १३ तारिखमा नेपाल र कतारबिच खेल हुनेछ । अप्रिल १५ तारिखमा नेपालले आफ्नो तेस्रो खेल हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ । हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले नै एसीसी प्रिमियर कप खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै स्पष्ट पारिसकेको छ ।
त्यस्तै प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई छन् ।
