
cjs
Rgp
Unsku
Ggp
Rgp1
Pes
pku
Gfs
Ses
Srbpu
Lnp
Sgr
Djs
Pbu

Bbu
Ksm
Hal
Vor
nsb
Wsp
Ggd
Asm
Pvg
Tsm
Sls
Sbs
Gst
Rgu
Rsb
Rgs
Bbbpu
Ssm
Rgu

Syp
Ptm
Rmb
Jmb
sab
Abd
bbt
Pls
Mks
Jmb
Rpp
Bml
Gsb
काठमाडौँ । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसन बिच प्रतिस्पर्धा हुँदै छ ।
त्यस्तै यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट बाहिरिइसकेको थियो ।
यस्तै नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो ।
त्यस्तै एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।
आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्वपूर्ण प्रतियोगिता हो । भारत भ्रमण र त्यसपछि एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान),आसिफ शेख,कुशल भुर्तेल,कुशल मल्ल, बिवेक यादब,सन्दीप जोरा,अनिल साह,गुलसन झा, दीपेन्द्रसिंह ऐरी,ललित राजवंशी,करण केसी, सोमपाल कामी,प्रतिस जिसी,अविनाष बोहरा र आकश चन्द छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् ।
