
Rgp
Ggp
Lnp
Ses
Djs
Rgp1
Pes
pku
Gfs
Pbu
Unsku
cjs
Sgr
Srbpu

Rsb
Asm
Rgs
Ssm
Pvg
Hal
Ksm
Bbbpu
Ggd
Sls
Rgu
Gst
Tsm
Wsp
Bbu
nsb
Rgu
Vor
Sbs

Syp
Jmb
Rmb
Bml
Abd
Ptm
sab
Jmb
Pls
Mks
Rpp
Gsb
bbt
बुटवल । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले जितेका छन् ।
शनिबार लुम्बिनीमा भएको कार्यक्रममा पुनले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद ५ लाख रुपैयाँ, स्वर्ण पदक,ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै,सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पुरा गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले द्वितीय स्थान प्राप्त गरेका छन् । उनले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए । त्यस्तै कर्णाली (जुम्ला)का दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा सो दुरी पुरा गर्दै तृतीय स्थान प्राप्त गरे । उनले उपाधिसँगै २ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा अनीश थापाले चौथो स्थान हासिल गरेका छन् । उनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा किरण बोगटी पाँचौँ, सुशीलकुमार शाही छैटौँ, होमलाल श्रेष्ठ सातौँ, जुनेश खड्का आठौँ, राजन चौधरी नवौँ र प्रकाश गैरेले दसौँ स्थान हासिल गरे । पाँचौँदेखि १० औँ स्थान प्राप्त गर्नेले क्रमशः ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । धाविका श्रेष्ठले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी हुन् । यस्तै, नेपाली सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा सो दूरी पार गर्दै दोस्रो स्थान प्राप्त गरेकी छन् । उनीहरू लुम्बिनीबाट विमानस्थल पुगेर फर्केका थिए ।
एपीएफकी पुष्पा भण्डारी सो दुरी १ घण्टा २५ मिनेट १४ सेकेन्डमा पुरा गर्दै तेस्रो भइन् । विजेता श्रेष्ठले स्वर्ण पदक सहित २ लाख, न्यौपानेले रजत पदक र १ लाख ६० हजार तथा भण्डारीले कांस्य पदक र १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिषकुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्वितीय र उमेश बराइले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कल बहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए ।
यस्तै ५ किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः जनही १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । म्याराथन, हाफ म्याराथन तथा पाँच किमी दौडको सुरुवात तथा अन्त लुम्बिनी स्कवायरमा भएको थियो । यस्तै लुम्बिनीमा बुद्धकालीन खेल कुस्ती र आचरी खेल पनि प्रदर्शन गरिएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने जनाएका छन् ।
