
pku
Ses
Lnp
Srbpu
Ggp
Pes
cjs
Djs
Unsku
Gfs
Pbu
Rgp1
Rgp
Sgr

nsb
Asm
Gst
Rgs
Rsb
Sbs
Rgu
Sls
Ksm
Rgu
Bbbpu
Pvg
Ssm
Hal
Bbu
Ggd
Tsm
Wsp
Vor

Pls
Bml
Rmb
Rpp
Mks
bbt
Abd
Gsb
Ptm
Jmb
Jmb
Syp
sab
काठमाडौं । गुजरात भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार आज एसएमएस फ्रेन्डसिप टी-२० कप क्रिकेटमा बरोडासँग खेल्दै छ।
त्यस्तै लिग चरणको अन्तिम खेलमा नेपाल शतप्रतिशत जितसहित उपाधिको होडमा आफूलाई बलियो बनाउन चाहन्छ । खेलमा नेपाल सुरुवाती तीन खेलमा जितेर आत्माविश्वासी बनेको छ। बरोडा भने आफ्ना सबै सुरुवाती तीन खेलमा पराजित भएकाले फाइनल पुग्न बञ्चित भएको छ। नेपालले फाइनल आइतबार गुजरातसँग खेल्नेछ।
यस्तै बरोडासँगको अघिल्लो खेलमा नेपालले २७ रनको जित निकालेको थियो। १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा २० ओभरमा १ सय २९ रनमा अलआउट भएको थियो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो भने फाइनल पुग्ने क्रममा गुजरातलाई दोस्रो खेलमा ८ रनले हराएको थियो।
त्यस्तै नेपालसँग हारे पनि गुजरातले भने बरोडालाई ५ विकेट र ५७ रनले पराजित गर्दै पुन:फाइनलमा नेपालसँगको भेट पक्का गर्यो। नेपालले अर्को सातादेखि ओमानमा हुने एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तयारीका लागि यो प्रतियोगितालाई लिएको छ। प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ। नेपाल उक्त प्रतियोगिताकै तयारीका लागि गुजरात पुगेको हो। नेपाल गुजरातबाटै ओमान प्रस्थान गर्ने तयारीमा रहेको छ।
