
Sgr
Lnp
Rgp
Ggp
Rgp1
Unsku
Pbu
pku
Srbpu

Wsp
Ssm
Rgu
Rsb
Sbs
Vor
Gst
Rgs
Bbbpu
Rgu
Asm
Tsm
Sls
nsb
Ksm
Hal
Ggd
Pvg
Bbu

Abd
Jmb
Bml
Gsb
Ptm
Pls
Rmb
Jmb
sab
bbt
Syp
Rpp
Mks
दाङ । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा २ मा अध्ययनरत विद्यार्थी विधुषि लामिछाने जम्मा ७ बर्षकि भइन बजारमै जन्मिइन बजार नजिकै घोराही १८ नवलपुरमै हुर्किइन ।
७ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि अन्य घराएसि कामको बारेमा जान्ने मौका पाएकी थिइनन । तर विद्यालयल आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले विद्यालय परीसरमै क्लोज क्याम्पमा राखेर विभीन्न पढाई संगै घरायसि कामको अबस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन ,उनिहरुले घरायसि काम आफै गर्ने र आफ्नो जिवनमा के कस्ता कुराहरुको आबश्यकता हुदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए र यो कामबाट धेरै सफलता हासिल पनि गरे ।
विद्यालयले कक्षा २ का बिद्यार्थिहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय बिद्यालयको आन्तरीक पाठ्यक्रममा राखेर गरेको थियो । सोहि अनुरुप कक्षा २ का विद्यार्थिहरुलाई पनि गत बर्षबाट बार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो । फाल्गुन २५ र २६ गते गरीएको क्लोज क्याम्प आज समापन गरीएको छ । कक्षा २ का बिद्यार्थिहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा किराना पसलबाट किनेर ल्याृउने तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगाएतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने ,योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाई को काम गर्ने लगाएतका काम पनि गर्ने गरेका छन ।
बुवा-आमाको काखमा बसेर घरमा खाना पकाउने, कपडा धुने काम कहिले नगरेका उनिहरु बिद्यालयका शिक्षकहरु संग बसेर सिक्न पाउदा निकै खुसि भएका छन । विधुषि लामिछाने मात्र नभएर ८÷९ बर्षका ३४ जना बिद्यार्थि क्लोज क्याम्पमा बसेका हुन । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनिहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए ।
त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परीवेशमा पारीवारीक बातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर मिलेको बताए । यसले विद्यालयमा सैधान्तकिसंगै व्यवहारकि ज्ञान दिने गरेको अभिभावकको बसन्त लामिछानेको भनाई छ । घरबाट २ दिनको लागि क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन बिद्यार्थिले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बासालेका हुन ।
अहिले ति साना बच्चाहरुले २ दिने क्लोज क्याम्प सफल भएपछि बिद्यालय मात्र होइन अभिभावक पनि खुसि छन । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने गरेको विद्यालयकी मन्टेस्वरी संयोजक लोचना पौडेलले बताउनुभयो । घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९का बिद्यार्थिहरुलाई २०७५ सालदेखि र गत बर्ष देखि कक्षा ६ का विद्यार्थिहरुलाई प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासंगै व्यबहारीक ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको छ ।
कक्षा २ का साना बच्चा भएको कारण २ दिन मात्र क्याम्पमा राखिएको संयोजक पौडेलले बताउनुभयो । आज भएको क्याम्प समापन समारोहमा पत्रकार मँहासंघ दाङका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार सविन प्रियासन,सचिव आरके सितल लगायतका पत्रकारहरुले विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले विद्यार्थीलाई आफ्नो जीवनको महत्व बारेमा बुझ्ने अवसर मिलेको बताएका थिए ।
गुरुकुल एकेडेमिका यस्ता फरक शिक्षण सिकाईले बिद्यार्थिको सर्वागिंन बिकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमित संचालन गर्न समेत अनुरोध गरेका थिए । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षता तथा पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्टेस्वरी संयोजक लोचना पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो । क्लोज क्याम्प सफल पार्न रात दिन खटेको भन्दै बिद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान समेत गरीएको थियो ।
