
Unsku
Ggp
Pbu
pku
Rgp1
Rgp
Lnp
Sgr
Srbpu

Bbbpu
Pvg
Tsm
Bbu
Sls
Rsb
nsb
Ksm
Gst
Ggd
Ssm
Rgs
Rgu
Wsp
Asm
Sbs
Rgu
Hal
Vor

Bml
Abd
Mks
Jmb
Gsb
Rmb
Pls
Jmb
Syp
Rpp
sab
bbt
Ptm
दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सरकार र बनको नीति आपसमा मेल नभएको प्रती दुख ब्यक्त गरेका छन ।
बनको नीति अनुसार नगरका योजनाहरु उल्लेख्य मात्रामा गर्न नसकिरहेको उनले बताए । सँरचना निर्माणका निम्ति सामुदायिक बनक्षेत्रका उपभोग्य पदार्थ निकासीमा बनको कानुनले बन्देज गर्ने हुँदा कतिपय योजना असफल भईरहेको उनले महसुस गरे । नगरपालिकाले काम गर्न नसकेको आलोचना सुनिरहेका प्रमुख चौधरीले प्राकृतिक उपभोग्य पदार्थ निकासीमा बनको नीतिले रोक्ने र त्यसको प्रत्यक्ष असर नगरपालिकाले ब्यहोर्नु परिरहेको बताए ।
अजम्मरी सामुदायिक बन उपभोक्ता समुह लमहीको १७ औँ बार्षिक साधारण सभामा उनले यस्तो चिन्ता ब्यक्त गरेका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख चौधरीले काम गर्न खोजेपनि नितिहरुले अप्ठेरो पार्ने भएकाले निति संशोधन हुनुपर्ने बताए । नगरको काम कारबाहीमा आलोचना भन्दापनि सबै नगरबासीले सल्लाह सुझाब ब्यक्त गर्नुहुन अनुरोध गरे । ‘हामीलाई सल्लाह दिनुस, हामी काम गर्न आएको हो प्रमुख चौधरीले भने-नगरको बिकाशका निम्ति सबै नगरबासीको सल्लाह सुझाब आबस्यक छ, हामी त्यसैको आशामा छौ ।’ सरकारको योजनामा बनको नीति तगारो बनेको उनले गुणासो गरेका छन ।
कार्यक्रमलाई संबोधन गर्दै देउखुरी डिभिजन बन कार्यालय लमहीका डिभिजन बन अधिकृत राजु क्षेत्रीले पर्यापर्यटनको नाममा कँक्रिटका संरचनाले स्थान पाईरहेको प्रती चिन्ता ब्यक्त गरे । बनक्षेत्रहरुमा पर्ने देउखुरीका अधिकांस धार्मिक तथा पर्यटकिय स्थलहरुमा कँक्रिटबाट बनेका संरचनाले वास्तविक बनको सुन्दरतालाई गिज्जाईरहेको बताए ।’बनलाई कँक्रिट बनाउँदैछौ, यो कस्तो पर्यापर्यटन हो? कार्ययोजना अनुसार जानुस बन अधिकृत क्षेत्रीले भने-जब समस्या पर्छ त्यतीबेला कोको समस्यामा पर्ने हो ? बुझिराख्नुस,यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।’ उपभोक्ताले जोगाएका बनबाट उपभोक्ताले नै फाईदा लिनुपर्ने बताउँदै उनले बन पैदाबारलाई सहज बनाईने बताए । नितिगत समस्या भएको महसुस गर्दै उनले पालिकासँग आपसी समजदारीमा काम गर्ने बताए । प्राबधान अनुसार बनको साधारण सभा असोज महिनासम्म गरिसक्नुपर्ने हुन्छ । देउखुरीका अधिकांस सामुदायिक बनहरुले समयमा साधारण सभा गरेको पाईदैन । डिभिजन बनले रुख कटान आदेश दिएपछि भटाभट साधारण सभा हुँदैछन उनले भने । डिभिजन बन कार्यालय देउखुरीले देउखुरीका ३२ वटा सामुदायिक बनलाई कटान आदेश दिईसकेको छ ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले बनबाट सम्भावना र अबसर थुप्रै रहेको बताईन । प्राकृतिक काठ, ढुङ्गा पातहरुबाट विभिन्न सामाग्री बनाउन सकिने र त्यसबाट आर्थिक लाभ लिन सकिने बताईन । बनबाट रोजगार श्रृजना गरि बिदेश पलायन हुने युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्न मद्दत पुग्ने बताईन । ‘बनमा पाईने प्राकृतिकबाट दुना टपरी काष्ठकला धेरै आकर्षक चिज उत्पादन गर्न सकिन्छ उपप्रमुख योगीले भनिन-जसले रोजगार पैदागर्दै स्वरोजगार बन्नमा मद्दत पुग्ने छ ।’ यसतर्फ पालिकाले ध्यान दिईरहेको बताउदै उनले सबैको साथ सहयोग आबस्यक रहेको बताईन ।
सामुदायिक बन समितिका उपाध्यक्ष रबि श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका अध्यक्ष लालबिर खड्का, रोटरी क्लब अफ लमहीका अध्यक्ष केशब घिमिरे, लमही रेडक्रस उपशाखाका उपसभापती सतिष गौतम, लमही नगर स्तरिय बनमहासँघका प्रतिनिधि पुर्ण बहादुर बस्नेत, नर्ति समन्वय समिती लमहीका सचिब शुसिला शर्मा, चप्परखोला प्रगतीशिल साबउसका उपाध्यक्ष सनम नेपाली,लमही ५ नम्बर वडाध्यक्ष ओमप्रसाद सुवेदी,लमही टोलबिकाश समितिका उपाध्यक्ष तथा बन समितीका सल्लाहकार शषिराम नेपाली, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य, राष्ट्रिय जनमोर्चा लमही नगरका अध्यक्ष हरि बहादुर थापा,माओबादी केन्द्र लमही नगर अध्यक्ष दिल कुमार श्रेष्ठ, नेकपा एमाले लमही नगर कमिटी अध्यक्ष दण्डिराम चौधरी लगायतले बोलेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष तेज बहादुर बिकले २०७९/ ०८० को आयब्यय ७३ लाख, ८९ हजार, ३ सय २५ रुपैया र २०८०/ ०८१ को अनुमानित आम्दानी १ करोड, ४७ लाख, ७५ हजार, ८ सय ४८ रुपैया ६१ पैशाको आर्थिक प्रतिबेदन प्रस्तुत गरे ।समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट सामुदायिक बनलाई सहयोग पुर्याएको भन्दै विभिन्न सँस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमही, रोटरी क्लब अफ लमही, देउखुरी मोबाईल ब्यबसायी संघ, ग्रिन फाउण्डेसन नेपाल क्लस्टर परियोजना, नेपाल औषधी ब्यबसायी संघ दाङ, ग्रिन पार्क निर्माणमा प्राबिधिक सहयोग गरेको भन्दै तेज प्रसाद शर्मा र लमही नगरपालिकाका प्रेस सँयोजक प्रिया स्मृती गजमेरलाई समुहले सम्मान गरेको हो ।
समुहको बार्षिक प्रतिबेदन सचिब गोमा भण्डारी रिजालले प्रस्तुत गरेकी थिईन भने कार्यक्रमको सँचालन समुहका सदस्य सुदन केसीले गरेका थिए ।
