
cjs
Pes
Srbpu
Rgp1
Ggp
Pbu
Sgr
Gfs
pku
Rgp
Lnp
Unsku
Djs
Ses

Vor
Asm
Sls
Rsb
Pvg
nsb
Ksm
Wsp
Ssm
Rgu
Rgu
Hal
Bbbpu
Gst
Sbs
Bbu
Rgs
Tsm
Ggd

Ptm
Gsb
Mks
Abd
Syp
Bml
Pls
bbt
Rmb
sab
Jmb
Rpp
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा विभिन्न कार्यक्रम गरि ११४ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ।
“महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी”भन्ने नाराका साथ शुक्रबार दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको प्राङ्गणमा उक्त दिवस मनाइएको हो ।
राप्ती गाउँपालिकाकाे आयोजना तथा भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था मसुरीयाकाे सह आयोजनामा मनाइएको उक्त दिवसका अवसरमा झाँकी प्रदर्शन,सामुहिक लोक नृत्य प्रतियोगिता र बेलुन फुटाउने प्रतियोगिताआयोजना गरिएको थियो ।
कुल १४ वटा महिला समूहहरु सहभागी झाँकी प्रदर्शनीमा राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटकाे नागबेली महिला विकास समिति प्रथम,वडा नम्बर ४ माैरीघाटकै लक्ष्मी महिला विकास समिति द्वितीय,वडा नम्बर ३ मसुरीयाकाे देवी महिला विकास समिति तृतीय र वडा नम्बर ३ खुरुरीयाकाे ऐरावती महिला विकास समिति सान्त्वना भएका छन् ।
त्यस्तै ८ वटा महिला समूहहरु सहभागी भएको सामुहिक लोक नृत्य प्रतियोगितामा वडा नम्बर ५ सिसहनियाँकाे लक्ष्मी थारु झुम्रा नाच प्रथम,वडा नम्बर ३ मसुरीयाकाे देवी महिला विकास समिति द्वितीय,वडा नम्बर २ लालमटियाकाे मगर महिला संघ तृतीय र वडा नम्बर ३ मसुरीयाकाे सक्रिय महिला विकास समिति सान्त्वना भएका छन्।
यसैगरी १५ वटा महिला समूहहरु सहभागी भएको बेलुन फुटाउने खेलमा वडा नम्बर ३ मसुरीयाकाे देवी महिला विकास समिति प्रथम,वडा नम्बर २ लालमटियाकाे कालिका महिला विकास समिति द्वितीय ,वडा नम्बर ३ खुरुरीयाकाे ऐरावती महिला विकास समिति तृतीय र वडा नम्बर ३ बसन्तपुरकाे सम्झना महिला विकास समिति सान्त्वना भएका छन् ।
त्यस्तै झाँकी प्रदर्शनमा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना हुने महिला समूहहरूलाई क्रमश १५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै सामूहिक लोक नृत्य प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुने महिला समूहहरूलाई क्रमश १० हजार,७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ भने बेलुन फुटाउने प्रतियोगितामा प्रथम ,द्वितीय,तृतीय र सान्त्वना हुने महिला समूहहरूलाई क्रमश ४ हजार,३ हजार,२ हजार र १ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
राप्ती गाउँकार्यपालिका सदस्य तथा वडा नम्बर १ कि वडा सदस्य पार्वती सुवेदीको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले पृतीसतात्मक साेचबाट विकसित पुरुष प्रधान समाजमा नारीहरुलाई हेर्ने साेच र दृष्टिमा परिवर्तन गर्नुपर्ने बताउनु भयो । देशको हरेक परिवर्तनमा महिला र पुरुषहरुकाे भूमिका समान रहेको चर्चा गर्दै उहाँले महिलाहरुकाे याेगदानकाे अझै पनि सम्मान हुन नसकेको बताउनुभयो ।
कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष विष्टले संविधानमा उल्लेखित महिलाहरुकाे हक र अधिकार कार्यनयनमा सबै पक्ष लाग्नुपर्ने बताउँदै अधिकार सँगसँगै कर्तव्यकाे पनि पालना गर्नुपर्ने कुरामा जाेड दिनुभयो ।
उक्त कार्यक्रममा गाउँपालिकाका निवर्तमान
अध्यक्ष नुमानन्द सुवेदी,निवर्तमान उपाध्यक्ष जगदम्बा कुमारी चाैधरी,लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत महिला विकास महाशाखाका प्रमुख शारदा बेल्वासे,अखिल नेपाल महिला संगठन दाङ जिल्ला सदस्य वृहस्पति श्रेष्ठ, अखिल नेपाल महिला संघ राप्ती गाँपालिकाकी अध्यक्ष कृष्णा पाेख्रेल,भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था मसुरीयाकी अध्यक्ष हिमानी न्याैपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
गाउँकार्यपालिकाकी सदस्य तथा वडा नम्बर ७ कि वडा सदस्य सावित्री चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकि प्रमुख जीवन कुमारी जिसीले गर्नु भएको थियो ।
