
Rgp1
Lnp
pku
Pbu
Unsku
Rgp
Srbpu
Sgr
Ggp

nsb
Wsp
Ggd
Sbs
Hal
Pvg
Tsm
Rgs
Ssm
Vor
Bbbpu
Ksm
Rgu
Asm
Bbu
Rsb
Gst
Rgu
Sls

Bml
Jmb
Pls
Mks
Syp
Rpp
Abd
Rmb
Ptm
sab
Gsb
bbt
Jmb
काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीको त्रिशूली नदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिनु भयो ।
सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताउनु भयो ।
उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
